IME Life

अभिकर्ताहरुले असारसम्म कर्जा भुक्तानी गर्नु पर्ने निर्देशनबाट समिति पछाडी हट्यो, असुलीको तालिका समितिमा बुझाउनु पर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई परिपत्र जारी गर्दै अभिकर्ताहरुलाई असार मसान्तसम्म कर्जा असुलीको लागि दवाव नदिन निर्देशन दिएको छ । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै तत्काल अभिकर्तालाई दिइएको कर्जा असुलीका लागि दवाव नदिन निर्देशन दिइएको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । उनले भने ‘असार मसान्तसम्म कर्जा असुल गर्नै पर्ने बाध्यता अव रहेन । असार पछि कहिलेसम्म कर्जा असुल उपर गरिसक्ने हो हामीलाई तालिका सहित पठाउनुहोस ।’

Prabhu
Crest

कर्जा असुल फर्छ्यौट गर्ने सम्बन्धमा कम्पनीहरु सँगको औपचारिक र अनौपचारिक छलफल हुँदा अषाढ मसान्तभित्र सबै कर्जाहरु फर्छ्यौट गर्न अप्ठेरो हुने व्यहोरा अनुरोध भए पछि यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ । कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समय अवधिमा फर्छ्यौठ हुने हो, सो अवधि भित्र फर्छ्यौट गर्ने व्यवस्था मिलाउने जानकारी बीमा समितिलाई अवगत गराउनु पर्ने भएको हो ।

समितिले कम्पनीहरुलाई कर्जा असुलिका लागि समय सिमा नतोकिदिए पनि अवको कति समय भित्रमा कर्जा असुल उपर गर्ने हो, त्यसको जानकारी बीमा समितिलाई गराउनु पर्ने भएको हो ।

बीमा समितिले गत बैशाख २ गते अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई विनाधितो व्यवसाय ल्याउने आशामा करोडौ रुपैयाँ कर्जा प्रवाह भएको पाए पछि समितले कडाइ गरेको हो ।

अहिलेको असहज परिस्थितिमा कर्जा असुल उपर गर्न खोज्नु अमानविय व्यवहार भएको भन्दै अभिकर्ताहरुले विरोध गरेपछि समिति आफ्नै निर्देशनबाट पछाडि हटेको हो ।

अभिकर्ताहरु बीमा कम्पनी र समिति विरुद्ध चरणबद्ध आन्दोलनको तयारीमा, ‘बीमितलाई सरेण्डर गर्न आह्वान गर्ने’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS