IME Life

सर्वोच्च शिखर सगरमाथामा नेपाल लाइफको झण्डा, अभिकर्ताको तर्फबाट पहिलो पटक युवराज धितालको सफल आरोहण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफको प्रतिनिधित्व गर्दै कम्पनीका विजनेस कोअर्डिनेटर युवराज धितालले विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल लाइफको झण्डा गाड्न सफल भएका छन् । धितालले सोमबार विहान ७ बजेर ४५ मिनेटमा सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।

Prabhu
Crest

नेपालको इतिहासमै अभिकर्ताहरुको तर्फबाट पहिलो पटक धितालले सगरमाथा चढ्न सफल भएका हुन् । रुकुम पश्चिम बाफिकोटका धिताल निजामती सेवामा कार्यरत छन् । उनी नापी विभागमा अमिनीको काम गर्दै आएका छन् ।

उनले नेपाल लाइफको प्रतिनिधित्व गर्दै नेपाल लाइफको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएका हुन् । राष्ट्र सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्न पाउदा गर्वले छाती चौडा भएको भन्दै धितालले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सगरमाथाको सफल आरोहण पछि धिताल अहिले वेस क्यापमा आइपुगेका छन् ।

सामान्य परिवारका धिताललाई आफन्त साथि भाइ तथा इष्टमित्रहरुले सगरमाथा आरोहणका लागि आर्थिक सहयोग गरेका छन् । अभिकर्ता सँगै नेपाल लाइफले पनि धिताललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको  छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS