IME Life

अभिकर्ताले बुझ्नैपर्ने कुरा, गङ्गाराम गड्तौलाको लेख

SPIL
NIC ASIA

महात्मा गान्धी भारतका राष्ट्रपिता बने । धार्मिक आस्था भएका व्यक्तिले उनलाई भगवानको अवतार माने । आज पनि उनको तस्बिर देवी देवताकै लहरमा राखेर पूजा अर्चना गर्ने गरिन्छ । राष्ट्रपिता बनेपछि उनीकहाँ आउने मानिसहरूको घुइचो लाग्न थाल्यो । ठुला–ठुला व्यापारी, राजनीतिकर्मी, धार्मिक गुरुहरू, कानुनविद् अर्थात् सबै पेसा र व्यवसायका व्यक्ति उनलाई भेट्न आतुर हुन्थे । यतिसम्म कि कसैलाई पारिवारिक सङ्कट आइपर्यो  वा कोही दीर्घरोगले आक्रान्त पार्यो भने पनि महात्मा गान्धीकहाँ जाने गर्न थाले । आफूलाई परेको समस्या गान्धीलाई सुनाएपछि उनले तत्काल समाधान गरिदिन्छन् , यही विश्वास आम नागरिकमा पर्यो  ।

यहि  सिलसिलामा दूरदराजको गाउँबाट एउटी महिला गान्धीलाई भेट्न आइन् । टाढाको बाटो, रेलको यात्रा गरेर उनी महात्मा गान्धी भएको ठाउँमा पुगिन् । गान्धीलाई भेट्न सजिलो थिएन । उनी ठुला मान्छे भएकाले होइन, पालो पर्खिनुपर्ने भएकाले । दिनभरिमा ती महिलाको पालो आयो । भित्र पुगेर अभिवादन गरेपछि गान्धीले आउनुको कारण सोधे । महिलाले आफ्नो साथैमा ल्याएको ८–१० वर्षको आफ्नो छोरालाई इङ्गित गर्दै भनिन् – हेर्नुहोस् न गान्धीजी १ यो मेरो छोराले चिनी बढी खाएर हैरान पार्यो  । चिनी देख्नै हुँदैन । फाँको मारिहाल्छ । जति भने पनि टेरेन । यसलाई सम्झाइ दिनुपर्यो  । हजुरले भनेपछि मान्छ होला ।

Prabhu
Crest

हेर्दाखेरि समस्या सानो लाग्छ । यो स्वाभाविक हो । किनभने अर्काको समस्या सानो र आफ्नो समस्या ठुलो देख्नु मानवीय स्वभाव नै हो । तर त्यति टाढाबाट गान्धीलाई भेट्न आउनुपर्ने बाध्यता हुनु भनेको महिलाका लागि निकै ठुलो समस्या थियो । महात्मा गान्धीले केही बेर गम खाए र भने -बहिनी, तपाईं एक सातापछि आउनुहोस् । त्यसै बेला म यसलाई जे गर्नुपर्ने हो गर्नेछु ।

आफ्नो घर टाढा भएकाले आवतजावतमा कठिनाइ हुने र खर्च पनि बढी लाग्ने बताएर भरसक तत्काल समस्याको समाधान गरिदिन ती महिलाले अनुरोध गरिन् । तर गान्धीले रामवाण उपचारका लागि एक साता पर्खनैपर्ने बताएपछि महिला बाहिरिइन् ।
धर्मशालामा कतै एक साता बिताएर महिला निर्धारित दिनमा गान्धीकहाँ पुगिन् । भेटघाटपछि गान्धीले कुशल-मङ्गल सोधे । ठिकठाक थियो । अनि गान्धीले बालकलाई काखमा राखेर भने – बाबू १ बढी चिनी खानु हुदैन है । यसले शरीरलाई नोक्सानी गर्छ । अबदेखि धेरै चिनी नखानू ल ? बालकले स्वीकृतिपूर्वक टाउको हल्लायो । महिलातर्फ फर्केर गान्धीले भने – अब जानुहोस्, तपाईंको समस्या समाधान हुन्छ ।

आफूले भगवान् मानेको व्यक्तिसँग पनि ती महिलालाई झोंक चलेछ । त्यो दुइटा कारणले । एक त यति जाबो कुराले छोराले चिनी खान छोड्ने भए आफू यति धेरै दुःख गरेर किन यहाँ आउनु ? दोस्रो यति नै भन्नु थियो भने एक हप्तासम्म किन झुलाउनु ? तैपनि आवेग सम्हाल्दै महिलाले अलि जोडसित आफ्नो असन्तुष्टि व्यक्त गरिछन् — महात्माजी १ यति नै भन्नु थियो भने हजुरले गत साता नै भनिदिएको भए भइाल्थ्यो नि । मैले धेरै दुःख पाए ।

अनि महात्मा गान्धीले भनेछन् – हेर्नुहोस् बहिनी, मैले एक साता अघि नै पनि यही कुरा भन्न सक्ने थिए । तर त्यो औपचारिकता मात्रै हुन्थ्यो । यो नानीले चिनी खान छोड्ने थिएन । किनकि एक साता अघि म पनि चिनी खान्थे। अब मैले चिनी छोडेको एक साता भएको छ । अब म यसलाई अन्तर मनदेखि नै चिनी नखान भन्न सक्छु । अन्तर मनदेखि भनेको हुनाले यसले मेरो कुरा मान्छ । यसमा तपाईं कुनै शङ्का नगर्नुहोस् ।
गान्धीको यो प्रसङ्ग धेरै क्षेत्रमा सान्दर्भिक हुन्छ । तर यहाँ अभिकर्तासित जोडिएको छ । अभिकर्ता आफैं कत्तिको स्पष्ट छ । के उद्देश्य राखेर बीमितकहाँ धाइरहेको छ । आफू के कुराबाट अभिप्रेरित छ ? आफूले बीमा  गरेको छ कि छैन ? आफ्ना परिवारलाई बीमा  गराएको छ कि छैन ? समग्रमा, आफूले व्यवहारतः बुझेको छ या छैन ?

आफूले बुझेको कुरा अरूलाई बुझाउन गारो हुदैन । सरल तरिकाले, सहज ढङ्गमा आफ्नो कुरा व्यक्त गर्न सकिन्छ । ठुला-ठुला मोटिभेटर चाहिन्न । दर्शनका ठेली पढ्नु पर्दैन । आफूलाई चाहिने कुरा चाहि प्रस्ट जानेको हुनुपर्छ । हामीमध्ये धेरैले शिक्षण पेसा गरेका छौं । सिकाइका सिलसिलामा कहिलेकाही  शिक्षकले धेरै पटक बुझाउँदा नबुझेको विद्यार्थीलाई आफ्नै साथीको सहयोगमा सिकाउनुपर्ने अवस्था आउँछ । त्यस बेला विद्यार्थीले आफ्नै तरिकाले अर्थात् विद्यार्थीकै लेभलबाट सिकाउँछ र ऊ सफल हुन्छ । बस्, हामीले बीमितकै तहमा झरेर कुरा गर्नुपर्छ । तिनका कुरा सुन्नुपर्छ । तर आफैं अस्पष्ट भए हामीले भन्ने खोजेको कुरा अरूले बुझ्दैनन् । हाम्रो निहित स्वार्थ थाहा पाइहाल्छन् । बीमा बीमितको सुरक्षाका लागि हो भनी बुझाउन अभिकर्ताले बुझेको हुनुपर्दछ । जोखिमलाई हो भन्नका लागि आफूलाई थाहा हुनुपर्दछ । व्यावहारिक ज्ञान आवश्यक छ । गान्धीले बच्चाका लागि आफैं चिनी त्याग्न तयार भए । यो महानता हो । हामीमा पनि बीमित केन्द्रीत स्वार्थ हुनु जरुरी छ । बीमितको स्वार्थलाई केन्द्रीय बनाएपछि हाम्रो स्वार्थ आफैं पुरा हुन्छ ।

(गड्तौला आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाका एजेन्सी म्यानेजर हुन्।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS