IME Life

दोस्रो बजारमा सर्वाधिक धेरै लाभांस दिने कम्पनी, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये युनिलिभर र हिमालयन डिष्टिलरीले सबैभन्दा धेरै लाभांस वितरण गरेका छन् । दुबै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सत प्रतिशत लाभास वितरण गरेका छन् । युनिलिभरले १०० प्रतिशत नगद लाभांस दिएको छ भने हिमालयन डिष्टिलरीले ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभास दिएका हुन् । युनिलिभरको भने ७ गुणाले लाभांस घटेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ७७० प्रतिशत लाभास वितरण गरेको थियो ।

धेरै लाभांस वितरण गर्ने मध्ये तेस्रो नम्बरमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ५२ प्रतिशत लाभास दिएको छ । जस मध्ये ४९.४ प्रतिशत बोनस शेयर रहेको छ । चौथो धेरै लाभांस दिनेमा नेपाल टेलिकम रहेको छ । नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभास दिएको छ । अघिल्लो वर्ष टेलिकमले ४५ प्रतिशत लाभांस दिएको थियो ।

Prabhu
Crest

पाचौ नम्बरमा राधि विद्युत कम्पनी रहेको छ । कम्पनीले ३६.५ प्रतिशत बोनस शेयर दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत लाभांस दिए यता दिन सकेको थिएन ।

छैठौ नम्बरमा नविल बैंक रहेको छ । बैंकले ३३.५ प्रतिशत बोनस शेयर र १.७५ प्रतिशत नगद सहित ३५.२६ प्रतिशत लाभांस दिएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभां वितरण गरेको थियो ।

सातौ नम्बरमा रहेको फरवार्ड माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट ३१.५८ प्रतिशत लाभांस वितरण गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षमा ४५ प्रतिशत लाभांस वितरण गरेको थियो । आठौ नम्बरमा वमि लघुवित्त रहेको छ । संस्थाले ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ । नवौ नम्बरमा रहेको शिखर इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद सहित २९.२३ प्रतिशत लाभांस वितरण गरेको छ ।

दशौ नम्बरमा रहेको छिमेक लघुवित्तले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद सहित जम्मा २० प्रतिशत लाभांस वितरण गरेको छ । अघिल्लो वर्ष सर्वाधिक लाभासं वितरण गर्ने चौथो नम्बरमा रहेको नेपाल लाइफले गत वर्षको मुनाफाबाट लाभास घोषणा गरेको छैन ।

दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये १४० कम्पनीले गत वर्ष लाभांस घोषणा गरेका छन् । उनिहरुको औषत लाभांस १५.२४ प्रतिशत रहेको छ । जसमध्ये १०.४३ प्रतिशत बोनस शेयर र ४.८० प्रतिशत नगद लाभांस वितरण भएको छ ।

कम्पनीहरुको लाभांसदर घट्यो

दोस्रो बजारमा सूचिकृत कम्पनीको लाभांसदर घटेको छ । कोभिड १९ का कारण अधिकाम्स कम्पनीले लाभांस घटाएका छन् । गत आर्थिक वर्षमा १४० कम्पनीले लाभांस दिएका छन् । लाभांस घोषणा गर्ने कम्पनीहरुको औषत लाभास १५.२४ प्रतिशत रहेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा भने १६६ प्रतिशत कम्पनीले लाभांस वितरण गरेका थिए । उक्त आर्थिक वर्षको औषत लाभांस २३.७७ प्रतिशत थियो । जस मध्ये ११.१५ प्रतिशत नगद बोनस शेयर र १२.६३ प्रतिशत नगद लाभांस वितरण गरेका थिए ।

कोभिड १९ का कारण गत आर्थिक वर्षको चैतदेखि सरकारले लकडाउन गरेको थियो । लकडाउनले गर्दा उत्पादन तथा प्रसोधनमुलक कम्पनीहरुको मुनाफामा भारि गिरावट देखियो । कतिपय बैंकहरुको मुनाफा बढे पनि नेपाल राष्ट्र बैंकले लाभांस वितरणमा कडाइ गरेका कारण पनि लाभांस वितरण दर घटेको छ ।

सबैभन्दा धेरै लाभांस वितरण गर्ने युनिलिभर, लघुवित्त वित्तीय संस्थाहरु र केहि बैंकहरुले लाभासदर ह्वात्तै घटाए । सूचिकृत जीवन बीमा कम्पनीहरु कुनैले पनि अहिलेसम्म लाभास घोषणा गर्न सकेका छैनन् । उनिहरुको पनि लाभासदर बढेर आउन सक्ने अवस्था छैन ।

हेर्नुहोस कुन कम्पनीले कति दिए लाभांस

Dividend

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS