IME Life

म्यादी जीवन बीमा किन अझै ओझेलमा ?

SPIL
NIC ASIA

नेपाली जीवन बीमा बजारमा परम्परागत बीमा योजना अर्थात् सावधिक वा अग्रिम भुक्तानी सावधिक बीमा योजनाले अधिकांश हिस्सा ओगटेको छ । पछिल्ला वर्षहरुमा उपचार सुविधा सहितको म्यादी बीमा वा बीमितको मृत्यु भएको अवस्थामा रकम उपलब्ध गराउने शर्तसहितको बीमा योजनाहरु सीमित बीमा कम्पनीमात्र ठूलो संख्यामा बिक्री गरेको पाइएको छ । तर समग्र जीवन बीमा व्यवसायमा अझै पनि यसको हिस्सा न्यून छ ।

आगामी आ.व.को लागी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक गर्नुभएको बजेटमा बीमाको पहुँच हालको २४ प्रतिशतबाट ३३ प्रतिशत जनसंख्यामा पु¥याउने लक्ष्य निर्धारण गरिएको छ । म्यादी जीवन बीमालाई प्राथमकिताको साथ कार्यान्वयनमा ल्याउन सके यो लक्ष्य पुरा गर्न कुनै ठूलो चुनौती हुनेछैन ।

Prabhu
Crest

म्यादी जीवन बीमा योजना सीमित आम्दानी हुने वर्गको लागी अत्यन्तै महत्वपूर्ण र उपयोगी बीमा योजना हो । यो बीमामा बचत वा लगानी भन्दा पनि जोखिम बहनको पक्षलाई समेटिएको हुन्छ । एकजनाको आम्दानीले पुरै परिवारको जीवन निर्वाह गर्नुपर्ने हाम्रो जस्तो पारिवारिक संरचना भएको समाजमा त्यस्तो अभिभावकको अनुपस्थितिमा पनि परिवारलाई आर्थिक भरथेग गर्न म्यादी बीमा भरपर्दो आधार हुनसक्छ । उदाहरणको लागीः रु.१० लाखको १५ वर्षे सावधिक बीमा गर्नुपर्दा ४० वर्ष उमेरको व्यक्तिले कम्तीमा ६६ हजार ५ सय रुपैयाँ वार्षिकरुपमा बीमाशुल्क भुक्तानी गर्नुपर्छ । तर रु.१० लाखको म्यादी जीवन बीमाको लागी जम्मा रु. ३ हजार वार्षिक बीमाशुल्क भुक्तानी गर्दा संभव हुन्छ ।

सावधिक बीमा योजनाले अनिवार्य बचतको पक्षलाई जोड दिएको हुन्छ  भने म्यादी जीवन बीमाले बीमितको जीवनको जोखिम बहनको पक्षलाई प्राथमिकता दिएको हुन्छ । म्यादी जीवन बीमाको यही विशेषताको कारण आधुनिक युगमा जीवन बीमा भनेको सावधिक योजना भन्दा म्यादी योजनाको रूपमा बढी बुझिन थालेको छ ।

वित्तीय लगानी विशेषज्ञहरु पनि न्यूनतम लगानीबाट अधिकतम लाभको लागि म्यादी योजनाको छनोट गर्न सुझाव दिन्छन् । सावधिक योजनाको तुलनामा म्यादी जीवन बीमाले बहन गर्ने जोखिम अतुलनीय छ ।

म्यादी जीवन बीमाको चुनौतीः

म्यादी जीवन बीमाको लाभ सामान्यतया बीमितको मृत्युपछि मात्र प्राप्त हुन्छ । अर्थात् बीमित स्वयम्को लागी भन्दा पनि आश्रितको लागी यसले काम गर्छ । आफ्नो अनुपस्थितिमा परिवारजनको बिचल्ली नहोओस् भनेर जिम्मेवार अभिभावकले पुरा गर्नुपर्ने दायीत्वमा म्यादी बीमा सहयोगी बनिदिन्छ । तर नेपाली बीमा बजारमा सावधिक बीमा यति धेरै हावी छ की बाध्यात्मक अवस्थामा बाहेक साधारण मान्छे म्यादी बीमा रोज्न तयार हुँदैन । अहिले म्यादी बीमा योजना बैंक, वित्तिय संस्था, लघुवित्तले कर्जाको सुरक्षाको लागी आफ्नो ग्राहकलाई अनिवार्य म्यादी बीमा गराएको पाइन्छ । यो बाहेक स्वेच्छाले म्यादी बीमा रोज्नेको संख्या न्यून छ ।

म्यादी जीवन बीमा योजनालाई व्यापकता प्रदान गर्नको लागी प्रारम्भिक चरणमा बाध्यात्मकरुपमै भएपनि कार्यान्वयनमा ल्याइए पनि यसबाट लाभान्वित हुने संख्या बढ्दै जाँदा बिस्तारै यसको स्वीकार्यता बढ्न सक्छ । तर यो ज्यादै लामो समय लाग्ने भएकोले सरकार, नियामक निकाय र बीमकहरुको सहकार्यबाट यसलाई व्यापकता दिनु जरुरी छ ।

म्यादी जीवन बीमा किन रुचाउँदैनन् ?

आफू जीवितै रहे पैसा फिर्ता पाइन्न भन्ने थाहा पाएर म्यादी बीमा प्रति नाक खुम्च्याएका हुन् ? वा म्यादी जीवन बीमाले उनीहरुको आवश्यक्तालाई सम्बोधन गर्न नसकेको हो ? वा म्यादी जीवन बीमाबारे सर्वसाधारणको बुझाई नै स्पष्ट हुन सकेको छैन? यी प्रश्नको जवाफ खोज्न सके म्यादी जीवन बीमालाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सकिन्छ ।

यहाँ म्यादी जीवन बीमाको बारेमा केही व्याख्या गरिएको छः

म्यादी बीममा बीमा अवधिभित्र बीमितको मृत्यु भएको अवस्थामा बीमितको परिवारजन वा ईच्छ्याइएको व्यक्तिलाई बीमाको शर्त बमोजिमको रकम भुक्तानी गरिन्छ । म्यादी जीवन बीमा योजनाले तोकिएको अवधिभित्र दुर्घटना वा कालगतीले बीमितको मृत्यु भएको अवस्थामा भुक्तानीको सुनिश्चितता गरेको हुन्छ । बीमालेखमा समावेश गरिस्एको शर्तहरुको आधारमा भुक्तानीमा बीमांक मात्र वा बीमांकको साथै अतिरिक्त लाभसमेत समावेश गरिएको हुनसक्छ ।

म्यादी जीवन बीमा सामान्यतया छोटो अवधिको अर्थात् १ बर्षको लागि जारी गरिन्छ । बीमा कम्पनीले बीमितको आवश्यक्ता र बजार मागलाई ध्यानमा राख्दै ५, १०, १५ वा २० वर्ष अवधिसम्मको म्यादी जीवन बीमा योजना पनि ल्याएका छन् । म्यादी बीमामा एकल भुक्तानी, सीमित भुक्तानी वा नियमित भुक्तानीको विकल्प दिइएको हुन्छ । एकल भुक्तानी अन्तर्गत बीमितले पुरै बीमा अवधिको बीमाशुल्क एकमुष्ठरुपमा बीमकलाई भुक्तानी गर्नुपर्छ । सीमित भुक्तानी अन्तर्गत बीमितले बीमा अवधिभित्र निश्चित समयावधि जस्तै २,३,४ वा ५ वर्षभित्रै विभिन्न किस्ताहरुमा सबै बीमाशुल्क भुक्तानी गरिसक्नुपर्छ । नियमित भुक्तानी अन्तर्गत बीमा अवधिभर बार्षिकरुपमा बीमाशुल्क भुक्तानी गर्नुपर्छ ।

म्यादी बीमामा एक पटक बीमा अवधि पुरा भएपछि पुनः बीमाशुल्क भुक्तानी गरी नवीकरण गर्न सकिन्छ । सावधिक बीमा योजना अन्तर्गत बीमा अवधिभर समान बीमाशुल्क किस्ताहरु भुक्तानी गर्नुपर्छ । तर छोटो अवधिको लागी जारी गरिएको म्यादी बीमा योजनाको अवधि पुरा भएपछि बीमितको उमेरमा आएको परिवर्तनसँगै बीमा योजना नविकरण गर्दा बीमाशुल्क पनि थप हुँदै जान्छ ।

म्यादी जीवन बीमा योजनाले निम्न लाभहरू समावेश गर्दछः

क) बीमितको मृत्यु वा स्थायी अपांगताको अवस्थामा ग्यारेन्टी भुक्तान ।

ख) अतिरिक्त बीमाशुल्क तिरेर अतिरिक्त सुविधा जस्तै दुर्घटना मृत्यु लाभ, अन्त्येष्टी खर्च वा घातक रोग उपचार   सुविधा समावेश गर्न सकिन्छ

ग)  सावधिक बीमा योजनामा झैं यसमा कुनै बचत सुविधा हुँदैन । तर केही

घ) बीमा योजनाहरुमा बीमाशुल्कको निश्चित प्रतिशत रकम फिर्ता गर्ने सुविधा उपलब्ध हुनसक्छ ।

ङ) म्यादी बीमामा सावधिक बीमामा जस्तो बोनश(लाभांश) प्रदान गरिदैंन ।

च) म्यादी बीमाको बीमाशुल्क बीमितको उमेर, स्वास्थ्य, अपेक्षित आयु र बीमांकको आधारम तय गरिन्छ । साथै बीमितले गर्ने कामको प्रकृति (संलग्न काममा आबद्ध जोखिमको मात्रा) को आधारमा तय गरिन्छ ।

म्यादी बीमा योजनाले कसरी काम गर्दछः

बीमकले बीमांक,बीमितको उमेर, स्वास्थ्य अवस्था र कामको जोखिमको आधारमा म्यादी बीमाकाो बीमाशुल्क निर्धारण गर्छ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमांक र अन्य अतिरिक्त सुविधावापतको रकम बीमकले मनोनित वा हकवालालाई हस्तान्तरण गर्छ । बीमितको कालगती वा दुर्घटनाको कारण मृत्यु भएको हुनुपर्छ ।

आत्महत्या वा जानाजानी जोखिमपूर्ण गतिविधिमा संलग्न रहेको जस्तै मोटरसाइकल दौड,कार दौड, उचाईबाट हाम्फाल्ने, प्रतिबन्धित विस्फोटकको प्रयोग, आदिको कारण हुने निधनमा बीमकले दाबी अस्वीकृत गर्छ ।

यदि बीमितले म्यादी बीमामा अतिरिक्त सुविधाहरु(राइडर) समेत थप गरेको अवस्थामा बीमकले बीमितको ईच्छ्याइएको व्यक्ति वा हकवालाले यी सुविधाहरुवापतको थप रकम भुक्तानी प्राप्त गर्छन् ।

क) दुर्घटना मृत्यु लाभः कालगतीको कारण नभएर कुनै आकस्मिक दुर्घटनामा परेर  बीमितको मृत्यु भएको अवस्थामा बीमकले बीमांक बराबरको थप रकम  उपलब्ध गराउँछ । अर्थात् रु.१० लाखको बीमा गरिएको छ भने दुर्घटना मृत्यु लाभको रु.१० लाख समेत ईच्छ्याइएको व्यक्तिले जम्मा रु.२० लाख रुपैयाँ  दाबी भुक्तानी प्राप्त गर्छ ।

ख) पूर्ण स्थायी अपांगताः दुर्घटनाको कारणले बीमित स्थायीरुपमा अपांग भएको  अवस्थामा बीमालेखमा उल्लेख भए अनुसारको क्षतिपूर्ती रकम बीमकले बीमितलाई नै उपलब्ध गराउँछ ।

ग) घातक रोग विरुद्धको सुरक्षा (सिआइ राइडर) सुविधा लिएको अवस्थामा बीमालेख संपुष्टीमा तोकिएको रोगहरुमध्ये कुनै एउटा रोगको उपचारको लागी बीमांक बराबर वा शर्त अनुसारको रकम बीमकले उपलब्ध गराउँछ ।

(लेखक एशियन लाईफ इन्स्योरेन्सको अधिकृत हुन् यस लेखमा व्यक्त गरिएको विचार उनको व्यक्तिगत हो, उनी कार्यरत संस्थासँग यसले कुनै सरोकार राख्दैन)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

आरकेएस
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS