IME Life

अल्पकालिन लगानीकर्ताको पूँजीगत लाभकर ५० प्रतिशतले बढ्यो, दिर्घकालिन लगानीकर्ताको लागि ५ प्रतिशत यथावत

SPIL
NIC ASIA

काठमाडौं । सरकारले अल्पकालिन लगानीकर्ताको लागि पूँजीगत लाभकर बढाएको छ । सरकारले जरी गरेको आर्थिक अध्यादेश अनुसार एक वर्ष भन्दा कम समयमा खरिद बिक्री भएर पूँजी लाभ भएमा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरिएको छ । साथै एक वर्ष भन्दा लामो समय होल्ड गरेर बिक्री गरेर आर्जन भएको पूँजीगत लाभको हकमा भने ५ प्रतिशत नै कायम गरिएको छ ।

अध्यादेशको दफा १४ मा नेपाल धितोपत्र बोर्डमा सूचिकण भएको नियकामा तीन सय पैसठ्ठी दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा ५ प्रतिशत र तीन सय पैसठ्ठी दिन भन्दा कम अवधिको स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा ७ दशमलब ५ प्रतिशतले कर लाग्नेछ भनिएको छ ।

Prabhu
Crest

हाल अल्पकालिन तथा दिर्घकालिन दुबै प्रकृतिका लगानीकर्ताहरुका लागि समान पूँजीगत लाभकरको व्यवस्था रहेको छ । यस वर्ष देखि सरकारले अल्पकालिन र दिर्घकालिन लगानीकर्ता भनेर वर्गिकरण गर्दै करको गणना विधि पनि परिवर्तन गरेको हो ।

आर्थिक अध्यादेश २०७८ मा ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको ५ प्रतिशत भन्ने शब्दहरुको सट्टामा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढिको अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र तीन सय पैसठ्ठी दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलब ५ प्रतिशत भन्दा शब्दहरु राखिएका छन् ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS