IME Life

बृद्ध भत्ता ४ हजार रुपैयाँ पुग्यो, सामाजिक सुरक्षाका लागि एक खर्ब रुपैयाँ विनियोजन

SPIL
NIC ASIA

काठमाडौं । सरकारले बृद्ध भत्ता ४ हजार रुपैयाँ दिने भएको छ । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएको हो । सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब रुपैयाँ छुट्टाइएको छ । अनाथ दलित अपाङ्गता भएका विपन्न वर्गका वालबालिकालाई प्रदान गरिने बालबालिका संरक्षणको लागि पनि एक तिहाइले बजेट बढाइएको छ । असक्त असहायको संरक्षणको दायित्व सरकारले बहन गर्ने भएको छ ।

ज्येष्ठ नागरिक भत्ता: दलित र एकल महिला ज्येष्ठ नागरिकले साठी वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले सत्तरी वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था रहेको छ ।  हाल जेष्ठ नागरिकले ३००० रुपैयाँ भत्ता पाउदै आएका अवदेखि ४ हजार रुपैयाँ पायने छन् ।

Prabhu
Crest

अशक्त र असहाय भत्ता: अशक्त र असहाय अवस्थामा रहेको नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । यस व्यवस्था अनुसार मासिक १६०० रुपैयाँ भत्ता प्रदान गरिने गरेको छ । अवदेखि उनिहरुले २२०० रुपैयाँ पाउने छन् ।

असहाय एकल महिला भत्ता: देहाय बमोजिमका साठी वर्ष उमेर पुगेका असहाय एकल महिलाले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने कानुनी व्यवस्था छ । उनिहरुले मासिक २००० रुपैयाँसम्म भत्ता पाउने गरेका छन् । अवदेखि तीन हजार रुपैयाँ पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS