IME Life

१६ खर्ब ४७ अर्बको बजेट प्रस्तुत, लोकतन्त्र स्थापना पछिका १६ बजेट मध्ये ८ वटा नेकपा एमालेकै अर्थमन्त्रीको

SPIL
NIC ASIA

काठमाडौं । शनिवार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७८ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । पौडेलले लोकतन्त्र स्थापना पछि १६ औ बजेट प्रस्तुत गरेका हुन् । पौडेलको यो दोस्रो बजेट हो । उनले आफ्नो पहिलो बजेट २०७३/७४ मा प्रस्तुत गरेका थिए । यस अवधिमा आधा बजेट नेकपा ऐमालेले प्रस्तुत गरेको छ । १६ बजेट मध्ये ८ वटा बजेट नेकपा एमालेका अर्थमन्त्रीले प्रस्तुत गरेका छन् ।

गणतन्त्र स्थापना पछि सबैभन्दा धेरै बजेट डा. रामशरण महतले ल्याएका छन् । उनले गणतन्त्र स्थापना पछिको पहिलो पहिलो र दोस्रो बजेट ल्याएका थिए । गणतन्त्र स्थापना पछि डा. महतले प्रस्तुत गरेको पहिलो बजेटको आकार एक खर्ब ३३ अर्ब रुपैयाँको थियो । त्यस्तै गणतन्त्र स्थापना पछिको पहिलो जननिर्वाचित सरकारको तर्फबाट डा. बाबुराम भट्टराईले तेस्रो बजेट प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ३६ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उनि सफल अर्थमन्त्रीको रुपमा चिनिन्छन् ।

Prabhu
Crest

त्यस पछि आर्थिक वर्ष २०६६/६७ र २०६७/६८ को बजेट नेकपा ऐमालेका सुरेन्द्र पाण्डले प्रस्तुत गरेका थिए । उनको दोस्रो बजेटको आकार ३ खर्ब ३७ अर्ब रुपैयाँको थियो । बाबुराम भट्टराइ पछि लगातार दुई पटक सुरेन्द्र पाण्डले बजेट प्रस्तुत गरे ।

भरत मोहन अधिकारीले आर्थिक वर्ष २०६८/६९ मा तीन अर्ब ८३ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यस पछि राजनीतिक अस्थिरताका कारण वर्षमान पुनले पुर्ण आकारको बजेट ल्याउन सकेनन् । आर्थिक वर्ष २०६९/७० बजेट भने अध्यादेश मार्फत अर्थमन्त्री शंकर प्रसाद कोइरालाले ल्याएका थिए । उनले ५ खर्ब २० अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

२०७० को निर्वाचन पछि डा. रामशरण महतले दुई वटा बजेट ल्याए । उनले पहिलो बजेट ६ खर्ब १८ अर्ब रुपैयाँ र दोस्रो बजेट ८ खर्ब १९ अर्बको बजेट ल्याए । आर्थिक वर्ष २०७४/७५ को बजेट भने कृष्ण बहादुर महराले ल्याएका थिए । उनले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याए । २०७४ को निर्वाचन पछि नेकपाको सरकारले लागतार तीन वटा बजेट ल्यायो । तीन आर्थिक वर्षकै बजेट डा. युवराज खतिवडाले ल्याएका थिए ।

बजेट (रु. अर्ब)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS