IME Life

आर्थिक सर्वेक्षण : बीमा क्षेत्रमा उल्लेख्य सुधार, बीमा शुल्क आर्जन तिव्र रुपले बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा बीमा व्यवसायको दायरा उल्लेख्य मात्रामा विस्तार भएको छ । आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म बिमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले वृद्धि भई रु.५ खर्ब २ अर्ब ७० करोड पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म रु.१ खर्ब २ अर्ब ४० करोड बिमा शुल्क सङ्कलन भएको छ।

आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म जीवन बीमा कम्पनी १९, निर्जीवन बीमा कम्पनी २० र पुनर्बीमा कम्पनी एक गरी जम्मा बीमा कम्पनीको संख्या ४० वटा रहेको छ । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ५ खर्ब २ अर्ब ७० करोड रहेको छ । यस मध्ये जीवन बीमा व्यवसाय गर्ने बीमकको ४ खर्ब ३५ अर्ब ३६ करोड र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको ६७ अर्ब ३४ करोड रहेको छ । यो वित्तीय स्रोत तथा उपयोग आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो ।

Prabhu
Crest

बीमाको विस्तार सँगै पछिल्लो समय बीमा कम्पनीले आर्जन गर्ने बीमा शुल्कमा समेत तिब्र रुपले बृद्धि हुँदै गइरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा बीमा शुल्क ५७ अर्ब ८९ करवड रुफैयाँ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब २० अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म एक खर्ब २ अर्ब ४० करोड शीमा शुल्क संकलन भएको छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लगानी योग्य रकम क्रमश बृद्धि हुँदै गइरहेको छ । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तमा यस्तो रकम ४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । जसम्मा जीवन र निर्जीवन बीमाको अंश क्रमश ८४.९ प्रतिशत र १५.१ प्रतिशत रहेको छ ।

२०७७ फागुन मसान्तसम्ममा करिब २३.४ प्रतिशत जनताको बीमामा पहुँच पुगेको छ । बैदेशिक रोजगार र म्यादी जीवन बीमा समेत गणना गर्दा बीमामा करिव २६ प्रतिशत जनताको पहुँच पुगेको अनुमान छ । संघिय संरचना अनुसार बीमा कम्पनीहरुलाई शाखा स्थापना तथा विस्तार गर्न निर्देशन दिइएकोमा २०७७ फागुन मसान्तमा बीमाको शाखा स्ख्या जीवन बीमातर्फ १ हजार ९६९ र निर्जीवन बीमा तर्फ ९३६ गरी जम्मा २ हजार ९०५ रहेको छ । २०७७ फागुन मसान्तमा बागमती प्रदेशकमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम बीमकको संख्या रहेको छ ।

कृषि तथा पशुन्छी बीमा शुल्कको ७५ प्रतिशत रकम अनुदान दिने व्यवस्था भए अनुरुप आर्थिक वर्ष २०७६/७७ मा सरकारले २६ अर्ब ३८ करोड बीमाङ्कको एक अर्ब १८ लाख बीमा शुल्क मध्ये ८८ करोड ६२ लाख अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्ममा २७ अर्ब २४ करोड ८३ लाख बीमाङ्कको एक अर्ब २३ करोड ३७ लाख बीमा शुल्क मध्ये ९२ करोड ५३ लाख ३४ हजार अनुदान प्रदान गरिएको छ ।

कृषि बीमा

२०७७ फागुनसम्ममा बाली बीमाको प्रिमियममा ७५ प्रतिशत अनुदा नबापत एक करोड ९३ लाख ३२ हजार तीन सय ८० रुपैयाँ अनुदान भुक्तानी गरिएको छ । पशुपन्छी तथा मत्स्य बीमा तर्फ बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान बापत ५ करोड भुक्तानी भइसकेको छ । आर्थिक वर्ष २०७६/७७ मा बाली बीमा तर्फ ६ करोड २१ लाख ९२ हजार रुपैयाँ र पशुपन्छी तथा मत्स्य बीमातर्फ ८२ करोड ४० लाख रुपैयाँ गरी जम्मा ८८ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS