IME Life

लघु बीमा प्रभावकारी नदेखिए पछि बीमा समितिले स्वतन्त्र निकायबाट अध्ययन गराउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले प्राथमिकता प्रदान गरेको लघु बीमा प्रभावकारी नदेखिए पछि बीमा समितिले स्वतन्त्र निकायबाट अनुसन्धान गराउने भएको छ । नेपालमा अहिलेसम्म लघुबीमाले के कस्तो प्रभाव पार्यो र यसको प्रभावकारिता थाहा पाउनका लागि बीमा समिति भन्दा बाहिरको निकायबाट अध्ययन गराउन खोजिरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

निकट भविष्यमा लघुबीमालाई तत्कालिन अवस्थामा के गर्नु पर्छ र दिर्घकालिन रुपमा अझै प्रभावकारी रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्दै अध्ययन गराउन खोजिएको हो ।

Prabhu
Crest

नेपालको सन्दर्भमा लघु बीमा राज्यकै माग भएकाले यसलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनका लागि अध्ययन आवस्यक परेको पौडेलले बताए । बीमाको दायरा बढाउन अव को अस्त्र भनेको लघु बीमा भएको बीमा समितिको ठहर छ । धेरै प्रिमियम भुक्तानी गर्न नसक्ने निमुखा गरिब नागरिकका लागि लघु बीमा अत्यावस्यक रहेकाले समितिले यसलाई अध्ययन गरेरै निरन्तरता दिन चाहेको हो ।

सरकारले कृषकलाई कृषि बीमाको प्रिमियममा ७५ प्रतिशत अनुदान दिदै आएको छ । समितिले कृषि बीमामा दिएको अनुदानलाई विस्तारै कम गर्दै लघु बीमामा बढाउन सुझाव दिदै आएको छ । गरिव तथा न्युन आय भएका नागरिकलाई भोलिका दिनमा पर्ने सक्ने जोखिमको मूल्याङ्कन गर्दै लघु बीमा अन्तर्गत रहेर घर, करेसावारी, घरेलु फर्निचर, स-साना किराना पसल लगायतको बीमा गर्न सकिन्छ ।

भोलिका दिनमा आगो लागेर घर नष्ट हुँदा उसले २०/३० हजार रुपैयाँ पैसा पायो भने पनि राहात पाउन सक्छ । थोरै बीमा शुल्क भुक्तानी गरेर २०/३० हजार रुपैयाँको राहात पाउदा पनि सुरक्षित महशुस गर्न सक्ने अवस्था रहन्छ । कतिपय अवस्थामा भएको एउटा घर जलेर नष्ट हुँदा बाडीले बगाउदा माग्दै हिड्नु पर्दैन । प्राकृतिक विपदका कारण गरिवहरु झन् गरिव हुने धनी झन् धनी हुँदै जाने क्रम बढ्दो छ । लघु बीमा पोलिसीले गरिव भन्दा गरिव नागरिकहरु पनि बीमाको दायरा भित्र रहन सक्छन् ।

कुनै विपद हुँदा सरकारले अर्बौ रुपैयाँ राहात प्याकेज ल्याउनु परिरहेको छ । यदि सरकारले लघु बीमा अन्तर्गत रहेर सम्पुर्ण नेपालीको बीमा गरिदिने योजना ल्याउने हो भने सरकारलाई एकै पटक अर्बौ रुपैयाँको आर्थिक भार पर्दैन । विदेशबाट राहातको माग गर्नु पर्दैन । त्यसैले गर्दा कृषिमा जस्तै गरि लघु बीमामा पनि सरकारले आफ्नो ध्यान केन्द्रित गर्नु पर्ने देखिन्छ । यदि अहिले भैरहेका कम्पनीले लघु बीमा गर्न नचाहेमा बीमा समितिले लघु बीमा कम्पनीनै खोल्नु पर्ने हुन्छ ।

नेपालमा बीमाको सचेतना एकदमै कम छ । यदि लघु बीमालाई अभियानकै रुपमा अगाडी बढाउन सकियो भने दायरा थप फराकिलो हुनुका साथै बीमाको बजार नै थप विकसित हुँदै जान्छ । नेपाली बीमा कम्पनीले स-साना बीमा पोलिसीको दाबी सजिलै भुक्तानी गरिदिने हो भने नेपालमा बीमाको विकास धेरै छिटो हुने कार्यकारी निर्देशक पौडेल दाबी गर्छन् । दाबी भुक्तानीका क्रममा केहि कानुनी अड्चन छन् भने बीमा समिति फुकाउन तयार रहेको उनले जानकारी दिए । संकास्पद दाबी बाहेक अन्य जेन्युन दाबी छिटो भन्दा छिटो दाबी भुक्तानी गर्न सक्नु पर्छ । बीमा कम्पनीले पशु तथा कृषि बीमाको दाबी भुक्तानी गर्न महिनौ वर्षौ लगाउने घटनाले पनि कृषक तथा गरिव निमुखा परिवार बीमाको नामै सुन्न चाहदैनन् । बीमा भन्ने वित्तीकै प्रिमियम लिने तर दाबी भुक्तानी नगर्ने क्षेत्रको रुपमा परिचित छ यसले पनि बीमाको दायरा फराकिलो हुन रोकिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS