IME Life

बैंकहरुलाई शेयर कारोबारमा कडाइ, अल्पकालीन लगानी गर्न नपाउने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्नका लागि कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन संसोधन गर्दै बैंकहरुले एक वर्ष वर्ष अवधि भन्दा लामो समयका लागि मात्रै शेयर किन्न पाउने व्यवस्था गरेको छ । सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिवेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाइने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रवन्धबाट संगठित संस्थाको शेयरमा अल्पलिका लगानी गर्न पाउने छैनन् ।

यस भन्दा अगाडी सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिवेञ्चरमा मात्र लगानी गर्न पाउने व्यवस्था छ । पहिलाको व्यवस्थालाई संसोधन गरि यसरी खरिद गरिएको शेयर एक वर्ष भित्रै बिक्री गर्न नपाउने व्यवस्था गरिएको हो ।

Prabhu
Crest

त्यस्तै खरिद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको एक प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सकिनेछ । तर यस अघी २०७८ जेठ १० गतेसम्म लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । यस्तो व्यवस्थाले बैंकहरुले असारसम्ममा शेयर बिक्री गर्ने छन् । अवको डेड महिनामा उनिहरुले शेयर सल्टाउन खोज्दा बजारमा सप्लाइ बढ्न सक्ने छ ।

विपन्न वर्ग कर्जा गणना गर्ने प्रयोजनको लागि बाहेक लघुवित्त वित्तीय संस्थाको शेयरमा पनि लगानी गर्न नपाउने भएको छ । यस अगाडि २०७८ जेठ १० गतेसम्म त्यस्तो शेयर खरिद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्नेछ ।

दोस्रो बजार धेरै नै बढेको निष्कर्ष सहित नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शेयर खरिद बिक्रीमा कडाइ गरिदिएको हो । अहिले उच्च अंकमा पुगेको समयमा शेयर खरिद बिक्रीमा कडाइ गर्दा बैंक तथा वित्तीय संस्थाले शेयर खरिद गर्दैनन् । यसले गर्दा केहिहदसम्म शेयर बजारलाई प्रभाव पार्ने राष्ट्र बैंकको निष्कर्षण छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS