IME Life

बैंकहरुको कर्जा प्रवाह रोकिदा तरलता बढ्न थाल्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल सरकार तथा स्थानीय निकायले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा कर्जा बैंकहरुमा तरलता बढ्न थालेको छ । जेठको पहिलो सातामा मात्रै निक्षेप संकलन १४ अर्बले बढ्दा कर्जा लगानी जम्मा ६ अर्बले मात्रै बढेको छ ।

जेठको पहिलो सातासम्ममा बाणिज्य बैंकहरुले ३६ खर्ब १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । यहि अवधिमा निक्षेप संकलन भने ३९ खर्ब ६१ अर्ब रुपैयाँको भएको छ । बैशाख महिनामा ११ अर्ब रुपैयाँले निक्षेप संकलन हुँदा ३७ अर्बले कर्जा विस्तार भएको थियो ।

Prabhu
Crest

गत असोज कात्तिकदेखिनै बैंकहरुको कर्जा विस्तार बढ्न थालेको थियो । सरकारले गत वर्ष पनि कोभिड नियन्त्रण तथा लकडाउन गर्दा तीन चार महिना कर्जा विस्तार रोकिएको थियो । तत्कालिन समयमा कर्जा विस्तार भन्दा निक्षेप संकलन बढ्दा निक्षेपको व्याजदर तल झर्यो । निक्षेपको व्याजदर घटाउदा अधिकाम्स बैंकहरुले आधार व्याजदर पनि घटाए । व्याजदर सस्तिए सँगै कर्जा विस्तार पनि आक्रामक रुपमा बढ्न थालेको थियो ।

ठिक एक वर्ष पछि गत वर्षको अवस्था दोहोरिएको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि दिन दिनै कडाइ गर्दै गएको छ । लगानीको अनिस्चितता थपिदै छ । सोमबार एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् ।

कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै गर्दा दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको गभर्नरको विश्लेषण छ ।

परिस्थिति सामान्य नहुँदसम्म बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै जाने देखिन्छ । केहि समय यस्तै रहने हो भने बैंकमा निक्षेप बढ्ने र व्याजदर थप तल झर्न सक्ने सम्भावना पनि उत्तीकै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS