IME Life

अभिकर्ताले प्रयोग गर्नै नहुने शब्दहरू, गङ्गाराम गड्तौलाको लेख

SPIL
NIC ASIA

यतिखेर नेपालमा जीवन बीमा व्यवसाय फस्टाएको छ । साधारण ज्याला मजदुरी गर्नेदेखि लिएर ठुला ठुला व्यापार व्यवसाय गर्ने समेतले यसको महत्व  र आवश्यकता बुझ्न थालेका छन् । बीमाप्रति धेरैको चासो बढ्दै गएको पाइन्छ । ९ वटा कम्पनी मात्र सञ्चालन भइरहदा सीमित अभिकर्ता र सीमित बीमित रहेको अवस्था थियो । आज १० वटा नयाँ  कम्पनी थपिएपछि  अहिले नेपालमा १९ जीवन बीमा कम्पनी संचालित छन्। यस व्यवसायमा अभिकर्ताको बाढी नै आएको छ । कतिपय कम्पनीको रणनीति हेर्दा ‘एक घर एक अभिकर्ता’ बनाउन खोजेको हो कि भन्ने भान पर्दछ । कम्पनीले आफूलाई स्थापित गर्ने नाउ“मा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेकाले पनि यसो भएको हो ।

परिणामतः अदक्ष, सामाजिक सम्बन्ध कम भएका तथा नेटवर्किङ व्यवसायमा लागेका व्यक्तिहरू समेत अभिकर्ता बनेका छन् । नैतिकता, आदर्श तथा सामाजिक सेवाको भावना नभएका र आफ्नो आर्थिक हैसियतलाई मात्र लक्ष्य बनाएर बीमामा होमिएका अभिकर्ताहरूले अन्ततः यस व्यवसायलाई नै दाग लगाउने निश्चित छ । कम्पनीहरूले आवश्यक प्रक्रिया पुरा नगरी अभिकर्ता थप्ने गरेका छन् ।

Prabhu
Crest

बीमा ऐन, नियम, आचार संहिता तथा नियमावलीको ज्ञान नभएका अभिकर्ताले बीमा त गराउछन् तर त्यसले भविष्यमा कम्पनी र बीमितलाई बेफाइदा गर्न पुग्छ ।

अभिकर्ताले ‘जसरी भए पनि’ प्रिमियम सङ्कलन गर्ने उद्देश्य राखेका छन् । यसो भएपछि बीमितको आर्थिक सुरक्षा, कम्पनीको स्थायित्व तथा बीमा व्यवसायको दिगोपना भन्दा पनि अभिकर्ताको छिटै धनी हुने चाहना हाबी हुन्छ । भोलि यसको परिणाम कस्तो रहला भन्नेतर्फ अभिकर्ताको ध्यान जादैन । बीमकले पनि अभिकर्ताले ल्याएको प्रिमियममा कुनै किसिमको अध्ययन विश्लेषण नगरी बीमा काटिदिन्छ । यसो हुनाले राष्ट्रिय विकासमा अहं भूमिका निर्वाह गर्नसक्ने बीमा क्षेत्र कलङ्कित बन्न पुग्छ ।

आज पनि नेपालीको बीमाप्रतिको धारणा गलत छ । यसो हुनुको प्रमुख कारण अभिकर्ता नै हुन् । अभिकर्ताले आफ्नो मात्र फाइदा हेर्ने गरेकाले यसो हुन गएको हो । बीमा कम्पनीका खम्बाका रूपमा रहेका अभिकर्ताहरू स्वयं दक्ष हुनु जरुरी छ । सामाजिक भावनाको विकास हुनु आवश्यक छ । यसै सन्दर्भमा बीमा क्षेत्रमा प्रयोग गर्नै नहुने तर अभिकर्ताले निरन्तर प्रयोग गरिरहने केही शब्दको यहाँ  चर्चा गरिने छ।

‘मरेपछि’
धेरैजसो अभिकर्ताले बीमितकहाँ  गएर प्रयोग गर्ने शब्द हो मरेपछि । अर्थात् तपाईं मरेपछि यति पाउनु हुनेछ । साधारण मृत्यु भयो भने बीमाङ्क रकम र दुर्घटनामा मृत्यु भएमा बीमाङ्कको दोब्बर । मानवीय संवेदनालाई छुने यस्तो शब्दले मानिसलाई अभिप्रेरित होइन, निरुत्साहित गर्दछ । भलै तिनले बीमा गर्लान् तर बीमाप्रतिको धारणा गलत बस्छ । संसारमा कुनै पनि त्यस्तो व्यक्ति नहोला जो आफ्नो मृत्युको कुरा सुनोस् । यसैले भन्नुपर्ने कुरा त्यही भए पनि यसलाई घुमाउरो पाराले प्रस्तुत गर्न सक्नुपर्दछ । दोस्रो कुरा बीमा मरेपछि मात्रै फाइदा हुने व्यवसाय होइन । यो त आफू जीवित रहदै प्रयोग गर्न पाइने बचतको प्रतिफल हो ।

‘मेरा लागि’
अभिकर्ताहरू आफ्ना आफन्त, नातेदार वा छिमेकमा गएर बीमा प्रस्ताव राख्छन् । बीमाबारे बुझाउनुभन्दा पनि उनीहरू ‘कृपया मेरा लागि यति गरिदिनुहोला’ भन्ने गर्छन् । अभिकर्ताज्यूहरू, तपाईंको यो सूत्रले काम गर्दैन । किनकि तपाईं आफैं विचार गर्नुहोस् त, आफ्ना बाबु–आमा, दाजुभाइ, दिदी बहिनीसित त तपाईं सय रूपैयाको हिसाब गनी गनी लिनुहुन्छ । अनि बीमितले तपाईंका लागि हजारौं रुपैया  लगानी गर्लान् ? आफूलाई पनि फर्केर हेरौं । तपाईंले अरूका लागि के गर्नुभएको छ ? कृपा गरेर ‘गरिदिएको’ बीमाले तपाईंलाई जीवनभरि काम लाग्ने छैन । यो तत्कालका लागि मात्रै हुनेछ । भोलि तपाईंले केही समय बीमा गरेर आफ्नो जीवनशैली माथि उकास्नुभयो । घर बनाउनुभयो वा कार किन्नुभयो भने तिनले भन्नेछन् — उः हामीले बीमा गरिदिएकाले आज ऊ कार चढ्ने भयो ।

‘डबल’
अभिकर्ताले बढी प्रयोग गर्ने अर्को शब्द हो डबल । अर्थात् तपाईंले आज १० लाखको बीमा गर्नुभयो भने १५ वा २० वर्षपछि डबल हुनेछ । यस विषयमा एउटा प्रसङ्ग जोड्न मन लाग्यो । कुनै व्यक्तिले एउटा कम्पनीमा १५ वर्षअघि १ लाखको बीमा गरेका रहेछन् । बीमा गराउने व्यक्ति सामुदायिक विद्यालयका प्रअ थिए । तिनले बीमितलाई १५ वर्षपछि दोब्बर आउने कुरा गरेका रहेछन् । गत साउनमा उनको बीमा अवधि सकियो । आफूले जम्मा गरेको रकम हिसाब गरेछन् । १ लाख ३३ हजार जम्मा गरेका रहेछन् । उनलाई बीमा कम्पनीले १ लाख ६९ हजार रुपिया“ मात्रै भुक्तानी ग¥यो ।
हेडसरलाई थाहा थियो थिएन । तर आज आम अभिकर्ताको सोच तिनै हेडसरको जस्तो छ । आः १५ वर्षपछि जे त होला । आखिर १५ वर्ष पुग्न धेरै समय लागेन । दोब्बर भयो त ?
डबल मात्र होइन । बीमितले ३ देखि ४ गुना रकम पाउ“छन् । तर बीमा योजनाको किसिम, समयको अवधि तथा बीमितको उमेर आदिको विश्लेषण गर्नुपर्दछ ।

‘तिर्नुपर्छ’
तपाईंले बीमालाई यति तिर्नुपर्छ । यति तिरेपछि यति आउ“छ । बीमितले सुरुमै ऋण खाएको हो र तिर्नलाई ? उसले बीमालाई तिरेको होइन । जम्मा गरेको हो । आफ्नो बचत हो । लामो समय बचत गरेबापत बीमा कम्पनीले बीमितको जोखिम बहन गरेको हुन्छ । हामीले बारम्बार तिर्नुपर्छ भनिरह“दा बीमितलाई नकारात्मक असर पर्छ । यसरी बीमितले जम्मा गरेको रकमलाई तिर्ने भन्नु पनि बीमा अभिकर्ताको कमजोरी हो ।

‘बोनस’
कतिपय अभिकर्ताले कम्पनीको हालको बोनस दरलाई आफ्नो व्यापार बढाउने सू त्रका रूपमा प्रयोग गर्छन् । हाम्रो कम्पनीको यति बोनस छ । बिस वर्षपछि यति हुनेछ । यसबाट तपाईंको रकम यति बढ्नेछ भनेर आकर्षण दिन्छन् । तर त्यसको प्रिमियम कति छ, जोखिम बहन कति छ भन्ने विषयमा तिनले कुरा गर्दैनन् । बोनस दर उच्च देखाएर प्रिमियम सस्तो बनाउन जोखिम घटाउनुपर्ने हुन्छ । यसो गर्दा बीमित अन्यायमा परेको हुन्छ । भोलि बीमितले यस कुराको सुइको पाउछ । त्यस बेला हामी अभिकर्तालाई नै अप्ठेरो पर्दछ ।

सामान्यतया बीमाका अभिकर्ताहरूले यी माथिका शब्द प्रयोग गर्नै हुदैन । शब्द ब्रह्म हो । शब्दमा व्यक्तिको जीवन परिवर्तन गर्ने शक्ति हुन्छ । कसैको एक शब्दले कसैलाई मृत्युको मुखमा पुर्याइदिन्छ । कुनै मर्न लागेको मानिसलाई कसैको एक शब्दले बचाइदिन्छ । बीमितमा पनि हामीले प्रयोग गर्ने शब्दले प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्दछ । अतः शब्द प्रयोगमा ध्यान दिऔं । सकारात्मक शब्द प्रयोग गर्ने बानी बसालौं ।
(गड्तौला आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाका एजेन्सी म्यानेजर हुन्।) 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS