IME Life

राष्ट्रिय बीमा संस्थानमा महेश रिमाल निमित्त प्रशासक, ९ महिनामा १० वर्षको लेखापरिक्षण सम्पन्न गर्ने

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले महेश रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी प्रदान गरेको छ । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो । चार्टर्ड एकाउन्टेण्ट रिमाललाई मन्त्रालयले निमित्त प्रशासकको रुपमा जिम्मेवारी बहन गर्न निर्देशन दिएको हो ।

अहिलेको कोभिड १९ को महामारीको समयमा प्रशासनको नियुक्ति प्रकृयाँ अगाडी बढाउन नसकिने भन्दै मन्त्रालयले दोस्रो वरियतामा रहेका रिमाललाई तत्कालका लागि निमित्तको जिम्मेवारी प्रदान गरिएको हो । अवस्था सहज भए पछि प्रशासन पदका लागि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रावधान रहेको छ । संस्थानको सम्पुर्ण निर्णय नेपाल सरकारले नै गर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

विगत १० आर्थिक वर्षदेखि संस्थानको लेखापरिक्षण तथा साधारणसभा हुन सकेको छैन । बीमा समितिले संस्थानलाई एकै पटक तीन तीन वर्षका दरले लेखापरिक्षणका साथै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । संस्थानका कतिपय विवाद समाधान भए सँगै यहि असार भित्रमा तीन आर्थिक वर्षको साधारणसभा हुने रिमालले जानकारी दिए । अवको ९ महिनामा अहिलेसम्म रोकिएको लेखापरिक्षण र साधारणसभा सम्पन्न हुने रिमालले प्रतिवद्धता व्यक्त गरे ।

लेखापरिक्षण तथा साधारणसभा सम्पन्न नहुँदा बीमा समितिले नयाँ योजना ल्याउन रोक लगाउदै आएको छ । अर्को तर्फ कम्पनीले बोनसदर पनि सार्वजनिक गर्न पाएको छैन । अवको केहि समयमै बीमा संस्थानका थाती रहेका सम्पुर्ण कुराहरु सकिने उनले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS