IME Life

भुक्तानी हुन बाँकी दावी नै शुन्य भएका जीवन बीमा कम्पनीहरु

SPIL
NIC ASIA

काठमान्डौ । १९ जीवन बीमा कम्पनीमध्ये ५ जीवन बीमा कम्पनीहरुको भुक्तानी हुन बाँकी दावी नै शुन्य रहेको छ। ज्योति लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल र सानिमा लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकलाई शत प्रतिशत दावी भुक्तानी गरेका छन् । तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार यी ५ कम्पनीको भुक्तानी हुन बाँकी दावी शुन्य देखिएको हो । तेश्रो त्रैमासको वित्तीय प्रतिवेदनलाई आधार मान्दा जीवन बीमा कम्पनीहरुले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको दावी भक्तानी गर्न बाँकी छ।

जीवन बीमा कम्पनी मध्ये नेपाल लाइफको भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने मेट लाइफको भुक्तानी हुन बाँकी दावी ७३ करोड ४४ लाख रुपैयाँ रहेको छ  ।  तेश्रोमा नेशनल लाइफले ३८ करोड ७१ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ भने चौथोमा एलआईसी नेपालले २१ करोड ७३ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी  छ।

Prabhu
Crest

पाचौमा राष्ट्रिय बीमा संस्थालले १७ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ भने छैठौमा एशियन लाइफले ४ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने छ । त्यस्तै दाबी भुक्तानी गर्न बाँकी क्रमश सिटिजन लाइफको ४ करोड ११ लाख रुपैयाँ, सूर्या लाइफ तीन करोड ६१ लाख रुपैयाँ, युनियन लाइफ एक करोड २७ लाख रुपैयाँ, प्राइम लाइफ एक करोड २ लाख रुपैयाँ, प्रभु लाइफ ७५ लाख रुपैयाँ, गुराँस लाइफ २७ लाख ४९ हजार रुपैयाँ, महालक्ष्मी लाइफ ८ लाख ७० हजार रुपैयाँ र रिलायन्स लाइफको ७ लाख ८१ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ ।

नयाँ आएका १० कम्पनी मध्ये ५ वटाले दाबी भुक्तानीलाई सबैभन्दा धेरै प्राथमिकता दिएको पाइन्छ भने पुराना केहि कम्पनीले पनि थोरै मात्रै दाबी भुक्तानी गर्न बाँकी छ । सबैभन्दा धेरै नेपाल लाइफको दाबी भुक्तानी बीमा पोलिसी परिपक्व भएर र केहि मृत्यु दाबीका कारण छ । नयाँ आएका कम्पनीको पोलिसी परिपक्व हुन अझै  केहि समय लाग्नेछ त्यसैले गर्दा ति कम्पनीले मृत्यु दाबी भुक्तानी मात्रै गर्नु पर्ने हुन्छ ।

दाबी भुक्तानी गर्न बाँकी कम्पनी  

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS