IME Life

बीमा क्षेत्रको पहिलो महिला सिइओको ताज पाउन सफल उपासना पौडेलको लोभलाग्दो करिअर

SPIL
NIC ASIA

काठमाडौं  । बीमा  क्षेत्रमा  अहिलेसम्म  एक  जना  पनि  महिला  प्रमुख कार्यकारी  अधिकृत  नभएका  अवस्थामा  यूनाइटेड  इन्स्योरेन्स  कम्पनीको  सञ्चालक  समितिले  प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौडेललाई नियुक्ती गरेपछि सबै जना आश्चर्यमा परे । भर्खर ३४ वर्षकी  पौडेलको  बीमा  क्षेत्रको  करियर  त्यति  लामा  छैन  तर  उनको  करियर  ग्रोथ  भने  प्रेरणादायी  तथा लोभलाग्दो  छ ।                                                       

 

Prabhu
Crest

पौडेल यो अवस्थासम्म आइपुग्नुमा उनलाई परिवारको सबैभन्दा धेरै साथ छ । परिवारको पुर्ण सपोर्टले गर्दा नै उनले कम्पनीका लागि समय दिन सकेकी छिन । उनि विहान ८ बजे अफिसमा आइपुगिसक्छिन अनि बेलुका अवेरसम्म अफिसमै हुन्छिन । उनको अहिले २० महिनाको बच्चा छ । बच्चा उनको माइतिको आमा बुवाबाट रेखदेख तथा हेरचाह हुने भएकाले उनलाई काम गर्न कुनै  समस्या छैन ।

कम्पनीले पछिल्लो समय उपत्यका भित्र भन्दा बढि बाहिरका बजारमा ब्यापार केन्द्रित गरिरहेकोले धेरै जसो समय उनको उपत्यका भन्दा बाहिरै वित्ने गर्छ । भारतको आईसीआईसीआईमा काम गर्दा पनि उनि दुई तीन दिनसम्म घर नगई अफिसमै केहि समय आराम गरेर निरन्तर काम गर्थिन । उनी भन्छिन, यदि मैले यसरी काम नगरेको भए साहेद  म  आज  यो  स्थानमा  हुन्न  थिए  होला ।  बास्तवमा  उनको  समय  घरपरिवारलाई भन्दा  अफिसको लागि धेरै समय वेतिथ भईरहेको छ । उनका अनुसार ‘प्रतिस्पर्धा जहिले पनि आफै सँग गर्नु पर्छ जसले अगाडी बढाउन महत्वपुर्ण भुमिका खेल्छ ।’

परिवारमा  अन्य  सदस्य  झै नभएर  व्यापारको  साटो  सेवा  अर्थात  जागिर  नै  उनको रोजाइ  हुन गयो । पढाईको क्रममा पौडेललाई कुनै पनि समस्या थिएन । काठमाण्डौ कलेज अफ म्यानेजमेन्टबाट व्याचलर सकिए पछि  एमबिए भने भारतको दिल्ली विश्वविद्यालयको Faculty of Management Studies बाट अध्ययन गरी पुरा गरिन् । पढाइमा सधै अब्बल उपासनाले अमेरिकाको मल्टिनेशनल कम्पनी Cummins India Ltd. ले विश्वविद्यालयमा अन्तरवार्ताबाट इन्ट्रनसिपका लागी विद्यार्थी छनोट गर्ने क्रममा उनी  त्यसमा  छनोट  हुन  सफल भइन ।  एक वर्षको  इन्ट्रनसिप पछि उनको  कार्यसम्पादन,  लगनसिलता तथा  मेहनतका  कारण  कम्पनीमा  पुर्णकालिन  सेवा  गर्ने  अवसर  पाईन । कर्मचारीमैत्री  वातावरण भएको मल्टिनेशनल कम्पनीमा कामका लागी उनलाई धेरै सहज थियो । यो नै उनको जीवनको टर्निङ पोइन्ट थियो ।  यदि  इन्ट्रनसिपमा  छनोट  नभएको  भए  सायद  उनले  यति  छिट्टै  आफूमा  निखार  ल्याउने  अवसर पाउन गाह्रो  हुन्थ्यो ।

विवाह पश्चात उनि सन् २०१२ मा बम्बइ गइन । जागिर खोज्ने क्रममा उनि निर्जीवन बीमा कम्पनी आईसीआईसीआइ लोम्बाडमा आवद्ध भईन । कर्मचारीमैत्री मल्टिनेशनल कम्पनी Cummins को तुलनामा इन्स्योरेन्स कम्पनी उनको लागि त्यति सहज भने थिएन । कतिपय साथिहरुले उनलाई आईसीआईसीआइमा जागिर सुरु गर्नु भन्दा अगाडि नै ‘तिमी ६ महिना टिक्न सक्यौ भने  दुनियाँको  जुनसुकै  कम्पनीमा  टिक्न  सक्छौ’  समेत  भनेका  थिए ।  पुराना  कम्पनीको  तुलनामा तिव्र प्रतिस्पर्धाका कारण नयाँ कम्पनी आईसीआईसीआई लोम्बार्डमा काम गर्न एकदमै कठिन र बढि प्रेसर थियो । साथै कम्पनीमा महिला कर्मचारीको संख्या एकदमै न्युन भएकोले महिलामैत्री वातावरण क्रमसः सुधारको क्रममै थियो ।

काममा तिव्र तथा अस्वस्थ्य प्रतिश्पर्धा बीच आफूलाई टिकाई आफनो योग्यता तथा कार्यदक्षता पुष्टि गर्न सफल उनले प्रत्येक बर्ष बढुवाका लागी आफूलाई सक्षम सावित गर्न सफल भईन । जसले आजको यो सफलताको आधार स्तम्भ समेत तयार हुँदै थियो ।

उक्त  कम्पनी  पश्चात  उनी  भोडाफोनमा  आवद्ध  भईन  जुन  आफैमा  ठुलो  ब्राण्डका  अन्तर्राष्ट्रिय  कम्पनी थियो । भोडाफोनमा उनले पुरा भारतको पोस्टपेडको विजनेस हेर्थिन । भोडाफोनमा पैसा तथा ब्राण्ड दुबै थियो साथै कामको धेरै प्रेशर थिएन । प्रेशर विनाको काम त्यति उत्साहजनक नभएको कारण उनलाई त्यहा काम गर्न खासै मन लागेन । अन्तत उनले आफ्नो काम गर्ने उत्साह जागर केवल बीमा क्षेत्रबाटै पुरा हुने मनन् गरिन् ।

यसै क्रममा भोडाफोनमा काम गरिरहेकै समयमा आईसीआईसीआईमा सँगै काम गरेका बीमा विज्ञ भारती एक्सा जनरलमा सिइओको रुपमा अनुबन्धित भए । भारती एक्सा कम्पनी घाटामा गएको कम्पनी थियो । आईसीआईसीआई सँग मर्जरमा जान भन्दै उनलाई सिइओको रुपमा पठाइएका थियो ।

आईसीआईसीआईमा  सँगै  काम  गरेका  उनै  विज्ञले  पौडेललाई  सँगै  काम  गरौ  भन्ने  प्रस्ताव  गरे  ।  सोहि अवसरमा  उनी   करियर  बनाउनका  लागि  भारती  एक्सामा  अनुबन्धित  भइन  ।  सधै  केहि  नयाँ  गर्न  मन पराउने स्वभावकी पौडेलले बीमामा इनोभेटिभ तरिकाले काम गर्नका लागि धेरै स्कोप भएको महसुस गरेकी थिईन । घाटामा गईरहेको भारती एक्सालाई नाफामा ल्याउने क्रममा उनलाई अझ धेरै सिक्ने वातावरण प्राप्त भयो भने अर्कोतर्फ  व्यवसायिक रणनीति तथा अभ्यासलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भयो । धेरै ठाउँमा काम गर्ने क्रममा उनले बीमा क्षेत्रमै आफुलाई सक्षम भएको प्रमाणीत गरिन ।

भारतमा दसक भन्दा बढिको बसाई पछि पौडेलले नेपाल आउने सोच बनाइन् । यस क्रममा उनलाई सानिमा जनरल इन्स्योरेन्सबाट काम गर्ने अफर आयो । पौडेलले अफरलाई स्वीकारिन् । सुरुमै सहायक महाप्रवन्धक पदबाट नेपालको बीमा क्षेत्रलाई नजिकबाट बुझ्ने मौका पाइन् ।

सानिमा जनरलमा काम गर्दा गर्दै युनाटेड इन्स्योन्स कम्पनीबाट नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गर्ने अफर आयो । यो अफरलाई पनि नगुमाइ यूनाइटेड इन्स्योरन्समा आवद्ध भईन ।

उनि  युनाइटेड  इन्स्योरेन्स  कम्पनी  प्रवेश  गर्दा  कम्पनीका  विविध  क्षेत्रमा  सुधारको  आवश्यकता  थियो  । उनको भारती एक्सामा काम गरेको अनुभवले युनाइटेड इन्स्योरेन्समा काम गर्न सहजता प्रदान गर्यो । कम्पनीको सफलता तथा छबीलाई थप सुधार गर्न विविध क्रियाकलापलाई विशेष ध्यान दिइन् ।

व्यवसायिक प्रवर्द्धनका लागि रिब्राण्डिङ अन्तर्गत कम्पनीले आफ्नो  पुरानो  लोगो  परिमार्जन  गरी  थप आकर्षक बनाइन । जसमा प्रयोग भएको रातो रंगले जोस, जागर, उत्साहको प्रतिनिधित्व गर्ने तथा निलो रंगले शान्तिको प्रतिनिधित्व गर्ने उनले जनाईन । यसरी उक्त लोगोले कम्पनीले अझ नयाँ जोस, जागर, उत्साहका तथा ताजगीका साथमा ग्राहक सेवा प्रदान गर्ने विश्वास दिलाउन तथा ग्राहकप्रति कम्पनीको धारणा थप सकारात्मक बनाउन महत्वपुर्ण भुमिका खेलेको उपासनाको विश्लेषण छ ।

कम्पनीले डिजिटल प्रविधिको प्रयोगलाई विशेष  प्राथमिकतामा राखिसकेको छ । कोभिड १९ को नियन्त्रण तथा लकडाउनको समयलाई सदुपयोग गर्दै कम्पनीले पुरानो डेक्सटप भर्जनलाई हटाएर पुर्ण रुपमा डिजिटलाईज बनाउने काम अन्तिम चरणमा पुर्याइसकेको छ । डिजिटलाईज बनाउने क्रममा अनलाइनबाटै बीमालेख जारी गर्ने,  दाबी  भुक्तानी लगायत सम्पुर्ण सेवाहरु प्रदान गर्ने तयारीमा कम्पनी जुटेको छ । यसै क्रममा पौडेलले कम्पनीको लेखा प्रणाली, पुनर्बीमा,  अण्डरराइटिङलाई स्वचालित  बनाइसकेकी छिन । दाबी  भुक्तानीलाई पनि अनलाईन प्रविधिबाटै सेटल गर्ने तयारीमा रहेको र केहि समयमै यसको सुरुवात हुने पौडेलले जानकारी दिइन । प्रविधिको प्रयोग संगै कम्पनीको कुनै एउटा  प्रतिवेदन  बनाउन विगतमा करिव पन्ध्र दिन लाग्ने गरेकोमा  हाल  केहि  समय  भित्रै  बनाउन  सक्ने  तथा  पुनर्बीमाको  गणना  गर्न  करिव  तीस  दिन  समय लाग्नेमा हाल करीव एक हप्तामा बनाउन सक्ने अवस्था सृजना भएको हुँदा कम्पनीको कार्यक्षमतामा बृद्धि भएको उनले जनाइन । उनले थपिन ‘यदि बीमा समितिले अनलाइन पोलिसी ल्याएमा हामी त्यसका लागी पुर्ण रुपमा तयार छौ ।

पुनर्बीमा सम्झौता राम्रो भएमा सहजै दाबी भुक्तानी गर्न सकिने र कम्पनीको नाफा सुनिश्चित हुने उनको विश्लेषण छ । यसका लागि उनले राम्रा राम्रा पुनर्बीमा कम्पनीहरु सँग सम्झौता गरिन् । ग्राहक सेवालाई उच्च प्राथमिकता दिने क्रममा विविध कारणबाट रोकिएका, भुक्तानी गर्न ढिला भएका दाबीलाई प्राथमिकताका साथ भुक्तानी गरेको तथा दाबी भुक्तानी प्रकृयालाई सरलीकृत तथा थप सुधार गरेको उनले दाबी गरिन् ।

कम्पनीमा  काम  गर्ने  वातावरण  उच्च  व्यवस्थापनले  दिनुपर्छ  भन्ने  सिद्धान्त  अनुसरण  गर्दै  उनले  सोहि अनुरुप  उचित  कार्य  विभाजन,  अधिकार  प्रत्यायोजन  गरी  कर्मचारीलाइ  दिएका  कामप्रति  उत्तरदायित्व बनाइ प्रत्येक कर्मचारीलाइ उत्प्रेरित गरि कार्य गराउन वातावरण सृजना गरिन । यसरी काम गराउदा एकातर्फ उच्च व्यवस्थापनलाइ कार्यभार कम भएको तथा अर्कोतर्फ कर्मचारीको  योग्यता कार्यदक्षतामा क्रमिक सुधार भई उनीहरुको बृत्ति विकासमा थप सहयोग पुगेका उनले बताईन ।

कम्पनीले ग्राहकको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी जारी गर्न आवश्यक कार्य सुरु गरेको तथा नयाँ नयाँ बजार क्षेत्रमा शाखा विस्तार गरी आफनो सेवा विस्तार गर्ने कार्यलाई उनले अगाडी बढाएकी छिन ।

कर्मचारी तालिम तथा सीप विकासमा प्राथमिकता दिई कम्पनीको प्रत्येक विभागमा आवश्यकता अनुसार सम्बन्धित विज्ञबाट आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्नुका साथै कर्मचारीका भर्ना छनोट तथा कार्यसम्पादन मुल्याकन, कर्मचारी उत्प्रेरणा, कर्मचारी बृत्ति विकास जस्ता मानब संशाधनका विविध पक्षमा आवश्यक कार्य गरिरहेको उनले जनाईन ।

उनका  अनुसार  बीमा  कम्पनीहरुमा  स्वचालीत  रुपमा  चल्ने  एक  सक्षम  प्रणाली  हुन  जरुरी  हुन्छ  सोहि प्रणाली अन्तर्गत बीमालेख जारी हुने र दाबी भुक्तानी हुन्छ त्यहाँ आफनो मान्छे र अरु मान्छेको बीचमा दाबी भुक्तानी प्रकृयामा विभेद तथा फरक हुँदैन ।  उनको भोगाइ तथा  अनुभव अनुसार नेपालको बीमा क्षेत्रमा व्यवसाय प्रवर्द्धन तथा विस्तारका क्रममा कतिपय स्थानका ग्राहकबर्गले  कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाईनै  भेटि  बीमा  गर्न  चाहन्छन  जसले  दाबी  भुक्तानी  प्राप्त  गर्नुपर्ने  अवस्था  आएमा  सहज  हुन जान्छ  ।

वास्तवमा  बीमामा  प्रणालीले  कार्य  गर्ने  हो,  दाबी  भुक्तानी  दिने  प्रणालीले नै  हो,   जुन  प्रणालीले आफनो  र  पराइ  चिन्दैन  सबैका  लागि  समान  हुन्छ  ।  भारतमा  व्यवसाय  प्रवर्धनमा  लागि  सिइओ जानु पर्दैन कम्पनीको हाइर्यार्कीले सबै काम गर्छ । भारतीय एक्सामा  उनले काम गर्दा पुरा व्यवसाय तेह सय करोडका  हुँदा  उनको  भर्टिकलले  सात  आठ  सय  करोडको  व्यवसाय  भित्र्याउथ्यो ।  सबै  ठाउँमा  उच्च व्यवस्थापक  पुग्न  सम्भव  हुँदैन  थियो  ।  सिस्टममा  सबैको  आ-आफ्नो  भुमिका  हुने  र  व्यक्ति  भन्दा  बढि सिस्टमले काम गर्ने भएकोले सोही अनुरुप कम्पनीले ससक्त प्रणाली विकासमा जोड दिएको उनि बताउछिन् ।

उनको  नेतृत्वमा  कम्पनीले  मातहतका  कर्मचारीहरुमा  उचित  अख्तियार  प्रत्यायोजन  तथा  विकेन्द्रिकरण मार्फत आवश्यक अधिकार दिएको छ । यसले गर्दा कम्पनीको दाबी भुक्तानीको कल्चर नै परिवर्तन भएको छ ।

स-सानो दाबी भुक्तानी सम्बन्धित शाखाका अधिकारीहरु आफैले भुक्तानी गर्छन । उनी भन्छिन ‘हामीले मातहतका  कर्मचारीलाई अधिकार  प्रदान  गर्ने,  उनीहरुको  कार्यको  सुपरिवेक्षण  गरी  देखिएका  कमी कमजोरीलाइ सुधार गर्न उचित कदम चालेका छौ । जसले कर्मचारीहरुको कार्यदक्षता तथा वृत्ति विकासमा सहयोग पुग्ने छ ।‘

कम्पनीको संचालक समितिका अध्यक्ष  तथा सदस्य साथै कम्पनीको सम्पुण कर्मचारीको सहयोग र  संयुक्त  प्रयासबाट  कम्पनीले  गएको  वर्ष ६६  करोडको  बीमाशुल्क  आर्जन  गरेकोमा  यस  आ. व.  को हालसम्मको  अवधिमा  ९०  करोड  बीमाशुल्क  आर्जन  गरिसकेको छ  भने  यस  आ.  व.  भित्र  एक  अर्बको व्यवसाय गर्ने पौडेलको  लक्ष्य छ ।  यसले  कम्पनीको  नाफामा समेत  सकारात्मक  प्रभाव पर्ने देखिन्छ ।

अहिलेसम्म कम्पनीलाई सफल बनाउन समय खर्चिएकी उपासनाको ध्यान कम्पनीलाई एउटा उचाइमा पुर्याउने तर्फ केन्द्रित छ । गत वर्ष  युनाइटेड १८ औ स्थानमा थियो भने अहिले १३ औ स्थानमा आउन सफल भएको छ भने यस आर्थिक वर्षमा एक अर्व बीमाशुल्क आर्जन गर्ने लक्ष्यका साथ कम्पनी अगाडी बढेको उनले  बताईन ।  कम्पनीले  उनको  नेतत्वमा आगामी दिनमा ग्राहकको चाहना अनुसार आफना सेवाहरु विस्तार गरी लक्ष्य प्राप्त गर्ने कुरामा विश्वास लिन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS