IME Life

प्रभु सेलेक्ट फण्डले दुई वटा बुल पार गर्ने हुँदा तीन गुणा बढि प्रतिफलको ग्यारेन्टी गर्छौ, प्रभु क्यापिटलका गिरी सँगको अन्तर्वार्ता

SPIL
NIC ASIA

सबै भन्दा ठूलो मर्चेन्ट बैंकिंग प्रभु क्यापिटलले एट टु एट सेवा, ग्राहक सेवा केन्द्र तथा डिपिमा अनलाइन प्रणालीको व्यवस्था गरी समग्र मर्चेन्ट बैंकिंग क्षेत्रमै उदाहरणीय तथा ग्राहकहरुको लागि विश्वासिलो बन्न सफल भएको छ । यसै क्रममा प्रभु क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्ड जेष्ठ ५ गतेबाट निष्काशन गर्दै छ ।

यसै परिप्रेक्ष्यमा हामीले प्रभु क्यापिटलका कृष्ण गिरी सँग म्युचुअल फण्डको वर्तमान अवस्था, यसले पूँजी बजारमा गरेको योगदान तथा प्रभु क्यापिटलले लिएका भावी योजनाहरु तथा अहिले निष्कासन गर्न लागिएको प्रभु सेलेक्ट फण्डमा लगानीकर्ताहरुले किन लगानी गर्ने भनेर हामीले कुराकानी गरेका छौं ।

Prabhu
Crest

कोभिडको समयमा तपाईंहरुले कसरी काम गरिराख्नु भएको छ?

नेपाल सरकार, स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन एवं नियामक निकाय नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनहरुको पालना गर्दै एक चौथाई कर्मचारीहरुबाट स्वास्थ्य सम्बन्धि निर्देशनहलाई ध्यानमा राखी कार्यालयमा प्रत्यक्ष र बाँकी कर्मचारीहरुले घरमा बसेरै अनलाइनबाट काम गर्न सक्ने वातावरण तयार गरेका छौं । अघिल्लो वर्षको अनुभवले पनि हामीलाई यसप्रति सजग हुन तथा हामीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई कायम राख्न सजिलो बनाएको छ ।

सरले अघि सामुहिक लगानी योजना प्रभु सेलेक्ट फण्ड निष्कासन गर्न लागेको भन्नु भयो, यो कस्तो योजना हो ? प्रष्ट पारिदिनु न ।

यो एउटा बन्द मुखी सामुहिक लगानी योजना हो । यस योजना अन्तरगत प्रति इकाई १० रुपैयाँ अंकित दरमा १० करोड वटा इकाईको बिक्री गरी १ अर्ब बराबरको रकम संकलन गरी सो रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गरिने छ ।

सेलेक्ट फण्डले लगानी गर्दा कस्तो रणनीति अबलम्बन गर्नुहुन्छ ?

हामीले नेपालको शेयरबजारमा शेयरहरु सूचीकृत भई कारोबारमा रहेका विभिन्न सेक्टरका कम्पनीहरुलाई विभिन्न आधारमा वर्गीकरण र छनौट गरी अधिकतम ३० वटा कम्पनी छनौट गर्छौं । त्यसरी छनौट गर्दा विभिन्न आधारहरु जस्तै कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको तथा निश्चित समयअन्तरालमा बजार सूचक भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरु छनौट गर्छौं । यसरी छनौट गरी आएका मध्ये सबैभन्दा उत्कृष्ट ३० वटा कम्पनीहरुको शेयरमा मात्रै लगानी गरी नियमित खरिद बिक्री गर्नेछ । यो फण्डको आगामी दिनमा नेप्सेले जारी गर्ने तयारी गरेको नेप्से ३० नामक इण्डेक्ससँग रिफरेन्स बेन्चमार्कको रुपमा स्थापित हुने विश्वास गरेका छौं ।

समग्रमा नेपाली पूँजी बजारको वर्तमान अवस्था र त्यसमा म्युचुअल फण्डहरुको योगदान के कस्तो रहेको छ ?

हामी अहिलेको नेपाली पूँजी बजारको स्वर्णीम युगमा रहेका छौं । पूँजीबजारको आवश्यकता अनुसारको व्यवस्थाहरु क्रमिक रुपमा हुँदै गएका छन् । केहि वर्ष अघिसम्म हामी ओपन क्राउड हुँदै कम्प्युटरमा आधारित कागजी कारोबार प्रणालीमा रहेकोमा अहिले सबै कारोबारहरु डिम्याट भएर अभौतिकरुपमा हुने व्यवस्था भई सकेको छ र यसले स्थायीत्व प्राप्त गरिसकेको छ । त्यस्तै कारोबार प्रणाली पनि कम्प्युटर प्रणालीबाट सीमित ब्रोकरको घेरामा हुँदै आएकोमा अहिले सबैले अनलाइनबाटै कारोबार गर्न सक्ने अवस्था बनेको छ । बिक्री गरेको शेयरको भुक्तानी अनलाइनबाटै गर्न सक्ने तथा खरिद गरेपछिको रकम भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने व्यवस्था भएको छ । गएको १ वर्षको अवधिभित्र मात्रै करिब १७ लाख भन्दा बढि डिम्याट खाता वृद्धि भएको छ भने ब्रोकर खाता खोल्ने लगानीकर्ताहरुको संख्या पनि दिनानुदिन वृद्धि हुँदै गइराखेको छ ।

यस्तै प्राथमिक निष्कासनमा आउन चाहने कम्पनीहरुलाई दुईवटा विधिबाट प्राथमिक निष्कासन गर्न सक्ने बाटाहरु तय गरिएको छ । वास्तविक र केही प्रिमियम सहित प्राथमिक निष्कासनमा आउनको लागि बुक विल्डिङ्ग विधि तय गरिएकाले आगामी दिनमा वास्तविक क्षेत्रमा कार्यरत थप कम्पनीहरु प्राथमिक निष्कासनमा आउने तयारीमा रहेकाछन् ।

अलिकति बजारको विकासमा अपुग देखिएको भनेको चैं लगानीका लागि आवश्यक लगानी औजारहरुकोे हो की जस्तो देखिन्छ तर त्यसतर्फ पनि नियामक निकाय र बजार सञ्चालकहरुले कार्य गरिराखेको भन्ने सुन्नमा आएको छ तसर्थ हामीले चाँडै नै मार्जिन कारोबार, इन्ट्रा डे, सर्टसेलिङ्ग तथा विभिन्न इण्डेक्स बेष्ड तथा कम्पनी बेष्ड डेरिभेटिभ कारोबारहरु पनि छिटै नै गर्न पाइन्छ होला भन्ने विश्वास छ ।

अब यी सबैमा सामुहिक लगानी कोषको योगदानको कुरा गर्नुपर्दा सुरुवाती अवस्थामा नेपाली पूँजीबजारमा धेरै रिटेल लगानीकर्ता र केही संस्थागत लगानीकर्ताहरुको मात्रै सहभागीता रहेको हुँदा बजारमा सहभागीहरुको परिपक्वता र बजार प्रति उत्ति सुझबुझ हुन नसकेको साथै बजारमा ससाना बचतहरुलाई संकलन गर्दै साना तथा खुद्रा लगानीकर्ताहरुको बचतलाई लगानीमा परिणत गरी त्यसलाई व्यवस्थापन गर्ने तथा बजारमा थप अनुभवी संस्थागत लगानीकर्ताहरुको प्रवेश हुनुपर्छ भन्ने आधारमा अन्तर्राष्ट्रिय प्रचलन र विधि अनुरुपनै सामुहिक लगानी कोषहरुको प्रवेश भएको हो । त्यसमा केही सामुहिक लगानी कोषहरु अलिक कमजोर जस्तो देखिएता पनि अधिकांश सामुहिक लगानी कोषहरुले त्यो उद्देश्य पूरा गरेकाछन् । उनीहरुले बजारमा परिपक्व सहभागीको रुपमा जहिले पनि आफूलाई अग्रस्थानमा राख्दै समग्र बजारलाई नै एकहिसावमा दिशा निर्देश गरेको अवस्था पनि थियो विगतमा । तसर्थ सामुहिक लगानी कोषहरुको योगदान नेपाली पूँजी बजारमा संस्थागत लगानीकर्ताको रुपमा सराहनीय रहेका छ । उनीहरुले बजार सहभागीहरु बीच परिपक्वता कायम गर्न, पूँजी बजारको विकास र उत्थानमा आफ्नो तर्फबाट सकेको योगदान गर्दै आएको पाइन्छ ।

फण्डको उद्देश्य के रहेको छ ?

योजनाले इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामुहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गरिएको हो ।

यो योजनाले कस्ता कस्ता कम्पनीमा लगानी गर्छ ?

यसले नेपाल धितोपत्र वोर्डले जारी गरेको सामुहिक लगानी कोष नियमावलीले तोकेको क्षेत्रहरुमा लगानी गर्नेछ । यस योजनाले मुख्यतया बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरु । बैंक तथा वित्तीय संस्थामा निक्षेप, मुद्रा बजार उपकरण, बोर्डले तोकिदिएको अन्य क्षेत्र आदि ।

तर, यसरी लगानी गर्दा फण्डले अधिकतममा ८० देखि १०० प्रतिशत सम्म धितोपत्र विनियम बजार अर्थात नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरुमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ ।

लगानीकर्ताहरुले जग्गा, सुन, वा सूचीकृत शेयरमा पनि त लगानी गर्न सक्छन् ? किन प्रभु सेलेक्ट फण्डमै लगानी गर्ने ?

लगानीकर्ताहरु  जो सँग मनग्य लगानी योग्य रकम छ । पर्याप्त समय दिन सक्नु हुन्छ साथै उहाँहरुलाई कुन क्षेत्रमा कसरी लगानी गर्ने भनेर पूर्ण ज्ञान छ त्यस्ता लगानीकर्ताहरुले जग्गामा वा सुनमा वा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जुनसुकै कम्पनीहरुमा लगानी गर्न सक्नु हुन्छ । तर लगानी गर्न सक्षम  भएपनि पर्याप्त ज्ञान र समय दिन नसक्ने वा शेयर बजारको उतारचढावबाट हुने जोखिम बहन गर्ने क्षमता कम भएको एवं लगानी गर्न स–सानो बचतलाई परिचालन गर्न चाहने तथा यो बजारमा प्रवेश गर्दै गर्नुभएका गृहणी, विद्यार्थी तथा अन्य नवप्रवेशी लगानीकर्ताहरुसँग आजको दिनमा सुनमा वा जग्गामा वा धितोपत्रको दोश्रो बजारमा कारोबार गर्न विभिन्न कठिनाई होलान । तसर्थ प्रभु सेलेक्ट फण्डमा विद्यार्थी, गृहणी तथा विभिन्न क्षेत्रमा असंगठित रुपमा काम गर्ने, आफूसँग भएको स–सानो बचतलाई लगानीमा रुपान्तरण गर्न चाहने लगानीकर्ताहरुले थोरै जोखिम लिएर उच्च प्रतिफल तथा सुरक्षित लगानीका लागि लगानी गर्न सक्नु हुन्छ । यसले लगानीकर्तहरुसँग छरिएर रहेको स–सानो रकमलाई बचत गर्दै लगानीमा रुपान्तरण गर्न सघाउँछ ।

अन्य सामुहिक लगानी योजनामा भन्दा तपाईंहरुले निष्कासन गर्न लाग्नु भएको प्रभु सेलेक्ट फण्डमा के फरक छ ?

हाम्रो बजारमा धेरैवटा सामुहिक लगानी योजनाहरु सञ्चालनमा छन । तर ती सबै योजनाहरु एकअर्कासँग विभिन्न तरिकाले भिन्न छन् । हाम्रो प्रभु सेलेक्ट फण्ड कै कुरा गर्नुभयो भने हाम्रो फण्डको प्रकृति, यसको संरचना, लगानी रणनीतिका दृष्टिकोणबाट अरु भन्दा भिन्न छौं । हामीले जम्मा ३० वटा कम्पनीहरुमा लगानी व्यवस्थापन गर्ने योजना बनाएका छौं । लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल तथा जोखिम व्यवस्थापनको एउटा नयाँ लगानी औजार का साथै समग्र पूँजी बजारलाई नेप्सेका परिसूचकसँग दाँज्न मिल्ने एउटा बेन्चमार्क यो फण्डले प्रदान गर्नेछ । तपाईंले हेर्नुभयो भने कुनै कुनै सामुहिक लगानी योजनासँग नेप्सेमा सूचिकृत कम्पनीमध्ये आधा कम्पनीहरु रहेकाछन् त्यस अर्थमा हामी फरक छौं ।

हाम्रो लगानी रणनीतिका आधारमा पनि अरु भन्दा छौं । तपाईंले बजारमै बुझ्नुभयो भने पनि गएको ९ महिनाको अवधिमा लगानीबाट सबैभन्दा धेरै नाफा कमाउनेमध्ये क्यापिटलहरु मध्ये रकमका आधारमा मात्र नभई प्रति शेयर आम्दानीका हिसाबले पनि हामी धेरै अगाडि छौं । कसरी त्यस्तो हुन सक्यो भन्दा हाम्रो लगानी रणनीति कै कारणले हो । यसभन्दा अघि बजार डाउनट्रेण्डमै रहेको बखत समेत हामीले बजारमै लगानी गरेर ती लगानीबाट मुनाफा कमाएर प्रतिफल दिएको अनुभव हामीसँग छ । यसका लागि हामीले विशिष्टिकृत संरचना तयार गरेका छौं जसमा अनुभवी तथा दक्ष लगानी समिति का साथै लगानी व्यवस्थापन एवं रिसर्च टिमको व्यवस्था गरका छौं । तसर्थ हामीले दक्षता हासिल गरेको पटक पटकको लगानीमा सफलता प्राप्त गरेको लगानी रणनीति अनुरुप नै हामीले यो फण्डलाई व्यवस्थित तरिकाले अगाढि बढाउँछौं । त्यही भएर नै हामीले ७ वर्षको अवधिमा करिब ३ गुणा सम्म प्रतिफल दिन सक्छौं भनेर प्रक्षेपण गरेकाछौं ।

तपाईंहरुको यो योजनाको अवधि ७ वर्षेको छ ।  आगामी ५–७ वर्षको लागि नेपाली पूँजी बजारको अवस्था कस्तो देख्नुहुन्छ ?

अबको ७ वर्षे अवधि नेपाली पूँजी बजारको लागि एकदमै उज्वल रहने हाम्रो विश्वास छ । यो बिचमा पूँजीबजारमा लगानी औजारहरु थप हुनेछन् । कारोबार गर्ने मेकानिजममा विस्तार हुनेछ । बजारमा थप संस्थागत लगानीकर्ताहरुसँगै खुद्रा लगानीकर्ताहरुको प्रवेश हुनेक्रम जारी छ । भर्खरै स्टक डिलरको प्रवेश भएको छ । यस्ता डिलरहरु अझै थप हुँदै जानेछन् । क्लोज इण्डेडका साथै ओपन इण्डेड फण्डहरु एवं विशिष्टिकृत लगानी कोषहरुको संख्या बढेर जानेछ । जसले बजारमा थप माग तथा आपूर्तिको व्यवस्थालाई टेवा प्रदान गर्नेछन् । एनआरएन तथा वैदेशिक लगानीलाई पूँजीबजारमा प्रवेशको लागि मार्गप्रशस्त भएर तिनीहरुको प्रवेश हुनेछ । तसर्थ समग्रमा आगामी ५–७ वर्षमा हामीले पूँजीबजारमा थप विकासहरु देख्न पाउनेछौं र यही बीचमा अहिले जारी बुलको अवधि अर्को चुनावसम्मको लागि निरन्तर रहनेछ । हाम्रो फण्डले कम्तिमा ७ वर्षको दौरानमा अहिलेको बुलका साथै अर्को एउटा बुल समेत पाउनेछ भन्ने हामीलाई लागेको छ । तसर्थ लगानीकर्ताहरु पूँजीबजार प्रति दिर्घकालिन रुपमा ढुक्क भएर हाम्रो फण्डमा लगानी गर्न सक्नु हुनेछ ।

यो फण्डमा लगानी गर्ने युनिटहोल्डरले कस्तो प्रतिफलको अपेक्षा गर्न सक्दछन ?

हामीले यस फण्डका युनिट होल्डरहरुलाई वार्षिक रुपमा औषतमा २० प्रतिशतको प्रतिफल प्रदान गर्छौं भनेर प्रक्षेपण गरेका छौं । त्यसैगरी निरन्तर ७ वर्षसम्म लगानी गर्ने युनिटहोल्डरले म्याचुरिटि अवधिसम्म करिब ३ गुणा सम्म प्रतिफल पाउनुहुनेछ भनेर प्रक्षेपण गरेका छौं ।

यस अर्थमा फिक्स्ड डिपोजिटमा लगानी गर्नुहुने लगानीकर्ताहरु जो निश्चित प्रतिफलको लागि बैंकमा पैशा राखेर बस्नु भएको छ उहाँहरुको लागि यो एकदमै राम्रो लगानी क्षेत्र हो । यसको निष्कासन पश्चात यसलाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरिने भएको हुँदा उहाँहरुले जति बेला चाह्यो बजारमा बिक्री गरेर पैशा निकाल्न सक्नुहुनेछ । त्यसैले जोखिम कम रुचाउनुहुने, चाहेको बेला आफ्नो लगानी झिक्न चाहने तथा आफूसँग भएको बचतलाई लगानीमा परिणत गर्न चाहनुहुनेहरुले हाम्रो फण्डको आइपिओमा लगानी गर्न सक्नुहुनेछ ।

हामी कहाँ पहिले आएका सामुहिक लगानी योजनाले गरेका प्रदर्शनबाट लगानीकर्ताहरु एकदम निराश अवस्थामा छन् । यस्तो अवस्थामा तपाईंहरुले यो योजनाले युनिट होल्डरलाई कसरी त्यति प्रतिफल दिनुहुन्छ ? केही विशेष औजारहरुको प्रयोग गर्दै हुनुहुन्छ ?

वास्तवमा भन्नुपर्दा सामुहिक लगानी कोषलाई काम गर त भनियो तर हातखुट्टा बाँधेर । एउटा निश्चित परिधिमा बसेर काम गर्नुपर्दा सुरु सुरुमा केही सामुहिक लगानी योजनाहरुले युनिट होल्डरको अपेक्षा अनुरुप प्रदर्शन गर्न नसकेकाले त्यस्तो भएको हो । हामीकहाँ इन्ट्रा डे, सर्ट सेल जस्ता फिचरहरु छोइनन । बजारमा किनेपछि मात्रै बेच्न पाइन्छ । त्यसमाथि निश्चित तहभन्दा बढि नगद लिएर बजार कुर्दै बस्न पनि पाउँदैनन । त्यस्तो अवस्थामा बजार घट्दो अवस्थामा रहेको बेला खरिद गरी बसेका केही सामुहिक लगानी योजनामा त्यस्तो भएपनि ढिलो चाँडो ति सबैले प्रतिफल दिएका नै छन् । र त्यसमा नियामक निकायले अलिक दायरा खुला गरी औजारहरुमा विस्तार गरिदिने हो भने सामुहिक लगानी कोषको आइपिओमा युनिट किन्दा पनि घाटा हुन्थ्यो रे भन्ने चै अबका दिनमा इतिहास हुने दिन टाढा छैन ।

त्यसैले हामी हाम्रा आदरणीय युनिट होल्डर खरिद गर्न इच्छुक लगानीकर्ताहरुलाई भन्न चाहन्छौं – निर्धक्क भएर सामुहिक लगानी कोषको आइपिओमा लगानी गर्नुहोस् । प्रभु सेलेक्ट फण्डले अहिले सम्म तपाईंहरुले अपेक्षा र अनुभव गरेको भन्दा उच्च प्रतिफल दिने प्रतिबद्धता गर्दछ । यसमा निश्चिन्त भई लगानी गर्नु होस । हामीले अहिले कैं संरचनामा पनि उच्च प्रतिफलको प्रतिबद्धता गरेका छौं । अझ त्यसमा थप वित्तिय औजार र कारोबार संरचना भएमा त्यो प्रतिफल अझ वृद्धि भएर जानेछ र हामी त्यसको नजिकै छौं ।

के कुराले लगानीकर्ताहरुलाई यो फण्डमा लगानी गर्न अभिप्रेरित गर्छ ?

मुख्यतः हामी प्रतिको लगानीकर्ताहरुको विश्वास नै हो जसले उहाँहरुलाई यो फण्डमा लगानी गर्न अभिप्रेरित गर्दछ । त्यसपछि हामीले प्रतिबद्धता गरेको प्रतिफल पनि हो । यो हाम्रो पहिलो फण्ड हो तसर्थ हाम्रो लगानी अनुभवको फाइदा युनिटबाट लिनको लागि पनि लगानीकर्ताहरुले हाम्रो फण्डमा लगानी गर्नुहुनेछ भन्ने विश्वास हामीलाई रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS