SKIP THIS

PCL

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ७१ प्रतिशतले बढेर २,७५९ दशमलव २१ को विन्दुमा कायम भएको छ । होटल्स विकास बैंक र उत्पादनमुलक बाहेक सबै उपसूचक बढ्दा सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल बङलादेश बैंकका ऋणपत्र एकाइधनीले सबैभन्दा धेरै १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार