IME Life

जीवन बीमा कम्पनीहरुको व्यापार ९२ अर्ब २६ करोडमाथि, कुन कम्पनीको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष २०७७/७८ को चैत मसान्तको वित्तीय विवरणलाई हेर्दा  राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क आर्जन घटेको छ भने बाँकि जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन बढेको छ ।

समिक्षा अवधिसम्ममा १९ जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २६ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छन् । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीहरुले ६३ अर्ब ४९ करोड ९४ लाख १६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन ४५ दशमलव ३२ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् ।

Prabhu
Crest

आर्थिक वर्ष २०७७/७८ को  चैत मसान्तसम्ममा सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३५ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरी २४ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले समिक्षा अवधिमा १३ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१ प्रतिशतले बृद्धि भएको हो ।

तेस्रोमा नेशनल लाइफ इन्सोरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको भन्दा ५३ प्रतिशतले खुद बीमा शुल्क बृद्धि गरी ८ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको भन्दा कम्पनीको खुद बीमा शुल्क आर्जन ५९ प्रतिशतले धेरै हो ।

पाँच अर्बभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
समिक्षा अवधिमा एशिन लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ मेट लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ,सूर्या लाइफले ३ अर्ब २३ करोड १३ लाख, प्राइम लाइफले ३ अर्ब ७ करोड ६६ लाख, गुराँस लाइफले ३ अर्ब १ करोड ८८ लाख, सिटिजन लाइफले २ अर्ब ४४ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब २७ करोड ७२ लाख, ज्योति लाइफले २ अर्ब २१ करोड ९ लाख, आईएमई लाइफले १ अर्ब ८५ करोड ११ लाख, रिलायन्स लाइफले १ अर्ब ८४ करोड ४९ लाख, सानिमा लाइफले १ अर्ब ४४ करोड ८७ लाख, सन नेपाल लाइफले १ अर्ब ४४ करोड १० लाख र प्रभु लाइफले १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी महालक्ष्मी लाइफल इन्स्योरेन्स कम्पनीले गत आथिृक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशतले खुद मुनाफा बृद्धि गरी ७८ करोड ४२ लाख ६१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राष्ट्रिय बीमा संस्थाको खुद बीमा शुल्क आर्जन १ दशमलव ०३ प्रतिशतले घटेर ६ अर्ब ७७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS