IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभा अपरान्ह ४ बजे गर्ने कम्पनीले बताएको छ । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

Prabhu
Crest

त्यस्तै, सभामा संचालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/ ७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७६ /७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आथिृक वर्ष २०७७ /७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।

त्यस्तै, प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने, संचालकहरुको बैठक भत्ता पुनरावलोकन गर्ने लगायतका प्रस्ताव पेश हुनेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका जेठ १४ एक दिन बन्द हुनेछ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS