IME Life

जेठ ११ गतेदेखि प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणलाई बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८ दशमलव ५ प्रतिशत हुनेछ । लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ ११ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ ।

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS