IME Life

आईपीओ आउने प्रक्रियामा रहेका जीवन बीमा कम्पनीमध्ये कुन देखियो सबैभन्दा तगडा ?

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय दश नयाँ जीवन बीमा कम्पनीले जीवन बीमा व्यवसाय संचालनको अनुमति पाएकोमा तीन जीवन बीमा कम्पनी ज्योति लाइफ, रिलायन्स लाइफ र प्रभु लाइफले आईपीओ निष्काशन गरेर दोश्रो बजारमा कारोवार हुँदै आएका छन् । त्यस्तै आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेका ७ जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको अवस्था छ । इन्स्योरेन्स खबरले यी ७ जीवन बीमा कम्पनीलाई दाँजेर गरेको तुलनात्मक अध्ययन :

पुँजीको अवस्था र भविष्यमा निस्काशन हुने आईपीओ:
७ जीवन बीमा कम्पनी मध्य सिटिजन लाइफको चुक्ता पुँजी सर्वाधिक १ अर्ब ७५ करोड रहेको छ भने दोश्रोमा युनियन लाइफको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ र बाँकी सबै कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड , आईएमई लाइफले ६० करोड, महालक्ष्मी लाइफले ६० करोड, रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ निष्काशन गर्दैछन् ।

Prabhu
Crest

जगेडा कोषको आधारमा 
जगेडा कोष सबै भन्दा बलियो रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ। रिलायबलको जगेडा कोषमा ८२ करोड ३३ लाख रुपैयाँ छ भने दोश्रोमा सिटिजन लाइफको जगेडा कोषमा ७६ करोड रहेको छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा युनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै भन्दा  बलियो छ। युनियन लाइफको जीवन बीमा कोषमा ६ अर्ब ९० करोड रहेको छ ।

 

खुद बीमा शुल्क आर्जनको आधारमा :
आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्मलाई आधार मान्दा युनियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने दोश्रोमा सिटिजन लाइफले २ अर्ब ४४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

 

खुद नाफाको आधारमा :
आर्थिक वर्ष ७७/७८ को तेश्रो  त्रैमाससम्म रिलायबल  लाइफ इन्स्योरेन्सले सर्वाधिक २० करोड ३४ लाख खुद मुनाफा गरेको छ भने दोश्रोमा सिटिजन लाइफले १४ करोड ५७ लाख खुद मुनाफा गरेको छ।

 

 

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी रहेकाले खुद नाफा र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS