IME Life

व्यवसायमा टक्कर दिँदै गरेका शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं। केही समय देखि नेको र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ । अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ। बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा इन्स्योरेन्स खबरले तीन निर्जीवन बीमा कम्पनीलाई दाँजेर तुलानात्मक अध्ययन गरेको छ।

Prabhu
Crest

नोट: शिखर इन्स्योरेन्सको जगेडा कोष  निकाल्दा शेयर प्रिमियम पनि जोडिएको  छ। 

चुक्ता पूँजीको आधारमा :
शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ भने नेको इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३१ करोड रहेको छ भने सगरमाथा इन्स्योरेन्सको १ अर्ब १२ लाख चुक्ता पुँजी रहेको छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ७१ करोड ३३ लाख रुपैयाँ संचित छ भने नेको इन्स्योरेन्सको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैया संचित छ त्यस्तै सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ छ।

बीमा कोषको आधारमा :
बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ। शिखर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब २३ करोड रुपैया संचित छ भने नेको इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब रुपैयाँ संचित हुँदा सगरमाथा इन्स्योरेन्सको बीमा कोषमा ९५करोड ६६ लाख रुपैयाँ छ।

कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स अघि रहेको छ। शिखर इन्स्योरेन्सले २ अर्ब ९६ करोड कुल बीमा शुल्क आर्जन गर्दा सगरमाथा इन्स्योरेन्सले १ अर्ब ९९ करोड र नेको इन्स्योरेन्सले १ अर्ब ९७ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्।
त्यस्तै खुद बीमा शुल्क आर्जनमा भने नेको इन्स्योरेन्स अघि रहेको छ। नेको इन्स्योरेन्स ले १ अर्ब ३६ करोड खुद बीमा शुल्क आर्जन गर्दा शिखरले १ अर्ब ८ करोड र सगरमाथाले ९५ करोड २९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा :
शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३६ करोड ३३ लाख खुद नाफा गरेको छ भने नेको इन्स्योरेन्सले ३५ करोड ०९ लाख खुद नाफा गर्दा सगरमाथा इन्स्योरेन्सले भने २८ करोड ५४ लाख खुद नाफा गरेको छ।

प्रतिशेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानी सगरमाथा इन्स्योरेन्सको धेरै छ। सगरमाथा इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ३७ रुपैयाँ ९२ पैसा छ भने नेको इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ३५ रुपैयाँ ४३ पैसा छ र शिखर इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी २७ रुपैयाँ ४८ पैसा छ।

मूल्य आम्दानी अनुपातको आधारमा :
तत्कालको बजार मूल्यलाई आधार मान्दा शिखर इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७० गुणा छ, सगरमाथा इन्स्योरेन्सको ४४ गुणा भने नेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४६ गुणा छ । मूल्य र आम्दानीको आधारमा सगरमाथा इन्स्योरेन्स अन्डरभ्यालुड छ।

किताबी मूल्यको आधारमा :
सगरमाथा इन्स्योरेन्सको किताबी मूल्य सर्वाधिक २५६ रुपैयाँ छ भने नेको इन्स्योरेन्सको २३५ रुपैयाँ र शिखर इन्स्योरेन्सको २१६ रुपैयाँ किताबी मूल्य छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS