IME Life

ओरिएण्टल इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले घट्यो, बीमा कोषमा ९१ करोड ७६ लाख

SPIL
NIC ASIA

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६५ करोड ५९ लाख ५७ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ६८ लाख ३३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ दशमलव ९० प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीको जगेडा कोषमा ७ करोड ८८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ९१ करोड ७६ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६९ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ दशमलव ५७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ३८ करोड ९४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३१ दशमलव ४१ प्रतिशतले बढी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS