IME Life

निर्जीवन बीमा कम्पनीको नाफा १३.९५ प्रतिशतले बढ्यो, सर्वाधिक नाफामा शिखर र इपिएसमा राष्ट्रिय बीमा कम्पनीको अग्रता

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने १८ कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ३ अर्ब २० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको भन्दा १३ दशमलब ९५ प्रतिशतले मुनाफा बढाउन सफल भएका छन् । गत वर्षको यहि अवधिमा कम्पनीहरुले २ अर्ब ८३ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।

Prabhu
Crest

यस वर्ष पनि शिखर इन्स्योरेन्स कम्पनी मुनाफामा अगाडि देखिएको छ । शिखरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । दोस्रो धेरै मुनाफा गर्नेमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्ष पहिलो नम्बरमा राष्ट्रिय बीमा कम्पनी थियो । गत वर्ष राष्ट्रिय बीमा कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । तर यस वर्ष कम्पनीको मुनाफा ४९ प्रतिशतले घटेको छ ।

प्रतिशतका हिसावले सबैभन्दा धेरै नाफा सुधार गर्नेमा युनाइटेड इनस्योरेन्स रहेको छ । कम्पनीले यस वर्ष ३३४ प्रतिशलते मुनाफा बढाएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ६ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै सानिमा जनरलको पनि मुनाफा सत प्रतिशतले बढेको छ । कम्पनीले ५ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

यस वर्ष सर्वाधिक धेरै मुनाफा सुधार गर्नेमा क्रमश जनरल, सानिमा, आइएमई जनरल, अजोड, सगरमाथा, नेको, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल, युनाइड इन्स्योरेन्स कम्पनी छन् ।

प्रतिशेयर आम्दानीका हिसावले सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको रहेको छ । सर्वाधिक धेरै प्रतिशेयर आम्दानी भएता पनि गत वर्षको भन्दा भने १३२ रुपैयाँले घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी भने १३५ रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो धेरै प्रतिशेयर आम्दानी सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथाको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ रहेको छ । गत वर्ष सगरमाथाको प्रतिशेयर आम्दानी २३ रुपैयाँ थियो । सबैभन्दा कमजोर प्रतिशेयर आम्दानी युनाइटेड इन्स्योरेन्सको ६ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS