IME Life

तीन वाणिज्य बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । कृषि विकास बैंक लिमिटेडले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैशाख १३ गते निवेदन पेश गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लक्ष्मी बैंक लिमिटेडले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैशाख ६ गते निवेदन दिएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ । ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Prabhu
Crest

माछापुच्छ्रे बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैशाख १५ गते सेबोनमा निवेदन दिएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS