IME Life

ग्रामिण विकास लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा संस्थाको नाफा ४५७.२३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिसम्म संस्थाले ५ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

हाल संस्थाको चुक्ता पुँजी ९८ करोड रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा पनि ३१.८८ प्रतिशतले बृद्धि भएर ७४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा २९.८९ प्रशितशतले बढेर ८६ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ६६ करोड ३३ लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्म संस्थाको सञ्चालन नाफा पनि ८५.२७ प्रतिशतले बढेर २९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ३ करोड १० लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९६ पैसा मात्र रहेको अहिले त्यो बृद्धि भएर ३८ रुपैयाँ ७९ पैसा गुगेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS