IME Life

एनएमबि बैंकले जेठ २ गतेदेखि २० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

प्रति ऋणपत्र १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र  ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्ने जनाएको छ ।

Prabhu
Crest

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्काशनमा आउन लागेको हो । सार्वजनिक निष्काशनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ ।

यस ऋणपत्रमा छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS