IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ४८ करोड ४५ लाख

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४८ करोड ४५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले यस्तो आर्जन ६० दशमलव २० प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २६ करोड १४ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ६० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४० दशमलव ४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले १६ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८९ रुपैयाँ ३० पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४९.८९ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS