IME Life

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन दिने समय थपिएको छ । यसअघि वैशाख २६ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा अब जेठ २ गतेसम्म आवेदन दिन पाइने भएको छ । कम्पनीले हालको विषम परिस्थितीलाई मध्यनजर गर्दै समय थपिएको जनाएको छ ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS