IME Life

निर्धन उत्थान लघुवित्तको नाफा ५१ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाको खुद नाफा ५१.०४ प्रतिशतले बढेर ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको नाफा ४७ करोड ३२ लाख ७३ हजार रुपैयाँ सीमित थियो ।

हाल चुक्ता पूँजी एक अर्ब ६९ करोड रहेको संस्थाको जगेडा कोषमा भने २ अर्ब ६२ करोड रहेको छ ।

Prabhu
Crest

चैत मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ३५.९७ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५३ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले १ अर्ब १७ करोड ३२ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

संस्थाको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत वर्ष ७४ करोड ९५ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको संस्थाको समिक्षा अवधिसम्म १२.३५ प्रतिशतले घटेर ६५ करोड ६९ लाख २० हजार रुपैयाँमा सीमित भएको छ ।

संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ १६ पैसाले बढेर ५६ रुपैयाँ २३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ७८ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS