IME Life

सानिमा बैंकद्धारा अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाली विद्यार्थीबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपालीस्याट–२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यसहित प्रतिष्ठानले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोसम्बन्धी तालिम दिँदै आएको छ ।

टोलीलाई नेपालका पहिलो अन्तरिक्ष नेपालीस्याट–१ को निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा.आभास मास्केले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा नेतृत्व गर्दै आएका छन् ।

Prabhu
Crest

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सन् २०२३ सम्म ‘नेपालीस्याट–२ विद्यालय’ नामक स्याटलाइट निर्माणका लागि टिम निर्माण गर्नेछन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालीस्याट–२ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण/प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरूप छात्रवृत्ति प्रदान गरेको छ ।

देशभित्र विज्ञान तथा प्रविधिको अन्वेषण एवं विकासका लागि सहयोगस्वरूप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा। आभास मास्केलाई सो रकम उपलब्ध गराइएको बैंकले बताएको छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा। मास्केले बताए । बैंकले काठमाडौं उपत्यकाबाहिरका विपन्न तथा योग्य विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको जनाएको छ । हाल बैंकले ८६ शाखा, १७ विस्तारित काउन्टर र ९६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS