IME Life

हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १७ प्रतिशतले बढ्यो, नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ भने खुद नाफा घटेको छ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा अवधिमा कम्पनीले २१ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको १८ करोड ५१ लाखरुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा १७ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नााफा २८ प्रतिशतले घटेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ६६ लाख ३० हजार रुपैयाँ, बीमा कोषमा ६० करोड ७४ लाख ५२ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ११ लाख ५७ हजार रुपैयाँ रकम संचित रहेको छ ।

यस अवधिसम्ममा कमम्पनीले ५ हजार ६८४ बीमा दाबीवापत १ अर्ब ५४ करोड ८८ लाख ८३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ६०२ बीमा दाबी वापत ५४ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS