IME Life

एक दशक अगाडी यस्तो थियो जीवन बीमा कम्पनीको बोनसदर, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA

काठमाडौं । एक दशक अगाडि ९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालमा थिए । सञ्चालमा रहेका कतिपय जीवन बीमा कम्पनीको बोनसदर एकदमै कम रहेको थियो भने कतिपय कम्पनीहरुले भने राम्रो बोनसदर प्रदान गरेको पाइन्छ ।

बीमितले बोनसकै आधारमा प्रतिफल पाउने गरेका छन् । त्यसैले गर्दा कुन कम्पनी कति राम्रो छ भन्ने कुरा उनिहरुले घोषणा गर्ने बोनस दरकै आधारमा मूल्याङ्कन गर्न सकिन्छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०६८/६९ मा जीवन बीमा कम्पनीहरुले घोषणा गरेको बोनसदरलाई हेर्ने हो भने सबैभन्दा राम्रो बोनसदर नेपाल लाइफले प्रदान गरेको देखिन्छ । ९ कम्पनी मध्ये त्यति वेलामा पनि राष्ट्रिय बीमा संस्थानले बोनसदर घोषणा गर्न सकेको देखिदैन ।

कम्पनीले आर्थिक वर्ष २०६७/६८ सम्मको लेखापरिक्षण गरेता पनि त्यस यताको लेखापरिक्षण सम्पन्न गर्न सकेको छैन । लेखापरिक्षण सम्पन्न नभइ कम्पनीले एक्चुरियल मूल्याङ्कन गर्न सक्दैन । एक्चुरियल मूल्याङ्कन नभइ कम्पनीले बोनसदर घोषणा गर्न सक्दैन । त्यसैले गर्दा अहिलेसम्म पनि संस्थानको बोनसदर घोषणा हुन सकेको छैन ।

सबैभन्दा धेरै बोनसदर घोषणा गरेको नेपाल लाइफको न्युनतम बोनसदर ६२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८२ रुपैयाँसम्म थियो । २५ वर्ष भन्दा माथिको जीवन बीमा गर्नेको बोनसदर प्रतिहजार ८२ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०६८/६९ मा मेट लाइफले सबै किसिमका पोलिसीको बोनसदर एउटै थियो । कम्पनीले बोनसदर प्रतिहजार ३५ रुपैयाँ थियो । एक दशक अगाडि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनसदर न्युनतम प्रतिहजार २८ रुपैयाँदेखि अधिकतम प्रतिहजार ५० रुपैयाँसम्म थियो । कम्पनीले दुई प्रकारका जीवन बीमा पोलिसी सावधिक जीवन बीमा पोलिसी र आजीवन बीमा पोलिसीको बोनसदर घोषणा गरेको पाइन्छ । ९ वर्ष अवधिसम्मको पोलिसीको बोनसदर सबैभन्दा कम थियो भने २० वर्ष भन्दा माथिको पोलिसीको बोनसदर प्रतिहजार ५० रुपैयाँसम्म रहेको पाइन्छ ।

यस आर्थिक वर्षमा एलआईसी नेपालको अधिकतम बोनसदर प्रतिहजार ७१ रुपैयाँ थियो भने न्युनतम ५६ रुपैयाँ थियो । प्राइम लाइफको भने न्युनतम प्रतिहजार २९ रुपैयाँ थियो भने अधिकतम ६३ रुपैयाँ थियो । एशियन लाइफको अधिकतम बोनसदर ६८ रुपैयाँ रहेता पनि न्युनतम भने २५ रुपैयाँ मात्रै थियो ।

बीमा कम्पनीहरुले अधिकतम बोनसदरको प्रचार गरे पनि १० वर्ष अगाडि कम्पनीहरुले घोषणा गरेको न्युनतम बोनसदर भने धेरै कम देखिन्छ । बीमिले आफ्नो बीमा पोलिसी परिपक्व भैसके पछि बोनदरकै आधारमा भुक्तानी पाउन सक्छन् ।

Bonus-Rate-2068-69

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS