IME Life

बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने, केन्द्रिय कार्यालयमा २० प्रतिशत कर्मचारी मात्रै

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले उपत्यका भित्र बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालयहरु खोल्न पाउने भएका छन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यालयहरुले २० प्रतिशत मात्रै कर्मचारी राख्न पाउने भएका हुन् । यसको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनु पर्ने छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि जिल्ला प्रशासनले थप कडाइ गर्न लागेको हो । अत्यावश्यक सेवा बाहेका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरु एक चौथाइ कर्मचारी मात्रै उपस्थित हुने गरि सञ्चालन गर्न गराउन व्यवस्था मिलाउनु पर्ने भएको छ ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सिमित सवारी पास जारी गरी सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्ने छ । अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजिकरणको व्यवस्था मिलाउने छ ।

विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्यरुपले स्वास्थ्य मापदण्ढ पालना गरी कार्य सञ्चालन गर्ने गराउने व्यवस्था गरिएको छ ।

अत्यावस्यक खाद्य सामाग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर मात्रै विहान ९ बजेसम्म मात्रै खुला गर्न पाइने भएको छ । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गरिने भएको छ । सूचना विभागको प्रेस पास नभएका संचारकर्मी/कर्मचारीको हकमा सम्बन्धित संचार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्ने भएको छ ।

फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडी संकलन गर्न रोक लगाइएको छ ।

उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीइ तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिइने भएको छ ।

यस अघि जारी गरिएका सम्पूरण सवारी पास खारेज गरिने भएको छ । अति आवश्यक अवस्थामा बाहेक जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी नगर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS