IME Life

मध्य भोटेकोशी जलविद्युतले आजदेखि आईपीओ निष्काशन गर्दै, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालीका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालीका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

Prabhu
Crest

उक्त आइपीओ छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ५ गते अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको उक्त शेयर आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।

सर्वसाधारणमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी ६ अर्ब पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS