IME Life

ज्योति लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई दाँजेर हेर्दा, कुन कम्पनी छ अघि ?

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स आईपीओ निस्काशन गरिसकेका नयाँ जीवन बीमा कम्पनीहरु हुन् । दुवै कम्पनीले आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन:

चुक्ता पूँजीको आधारमा : ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रहेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड रहेको छ। दुवै कम्पनीले आईपिओ मार्फत २ अर्ब पूँजीको लक्ष्य हासिल गरेका छन्।

Prabhu
Crest

जगेडा कोषको आधारमा : ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ६० करोड रुपैया संचित छ भने रिलायन्स लाइफ इन्स्योरेन्स को जगेडा कोषमा २० करोड ५७ लाख संचित छ।

जीवन बीमा कोषको आधारमा : जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ४९ करोड हुँदा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब २६ करोड रहेको छ।

बीमा शुल्क आर्जन : ज्योति लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ९० करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा : तेश्रो त्रैमास सम्म ज्योति लाइफले १२ करोड ७ लाख खुद मुनाफा गरेकोमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद मुनाफा ६ करोड ५८ लाख रुपैया रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

भुक्तानी हुन् बाँकी दावी रकम : ज्योति लाइफको भुक्तानी हुन बाँकी दावी रकम शुन्य रहेको छ भने रिलायन्स लाइफको भुक्तानी हुन बाँकी दावी रकम ७ लाख ८१ हजार रहेको छ।

प्रति शेयर आम्दानी : ज्योति लाइफको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ३० पैसा छ भने रिलायन्स लाइफको वार्षिक प्रति शेयर आम्दानी ४ रुपैयाँ १७ पैसा छ।

बजार मूल्य : ज्योति लाइफको बजार मूल्य ८२९ रुपैया रहेकोमा रिलायन्सको ७०४ रहेको छ।

 

नोटःजीवन बीमा कम्पनीहरुको एक्चुरी मुल्यांकन पश्चात मात्र वास्तविक नाफा र प्रतिशेयर आम्दानी आउने छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS