IME Life

डिजिटल बैंकिङ मार्फत सेवा लिन डेभलपमेन्ट बैंकर्स एशोसिएनको अपिल

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले पुर्याइरहेको असहज परिस्थितिमा डेभलपमेन्ट बैंकर्स एशोसिएन नेपालले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ मार्फत सेवा लिन अनुरोध गरेको छ । भाइरसलाई नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधात्मक आदेश जारी गरिरहेको सन्दर्भमा एसोसिएसनले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको अक्षरश पालना गर्न विकास बैंकहरुलाई अनुरोध समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले दिएको निर्देशनका आधारमा एसोसिएसनले आफ्ना सदश्य विकास बैंकहरु निम्नानुसारको व्यवस्था मिलाउने अनुरोध गरेको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिड्को असर पर्न नदिनका लागि संभव भए सम्मका उपाएहरुको अवलम्बन गर्ने ।

निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकहरु बीच समन्वयताका लागि आदान प्रदान गर्ने ।

सेवा प्रदान गर्न खोलिने शाखा/बैकल्पिक शाखाहरुको सूची बैंकिङ् समय समेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेभसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने ।

स्थानीय प्रशासनले बैंकिङ् सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्ने ।

स्थानीय प्रशासन र अन्य निकायहरुसंग आवश्यक समन्वयको व्यवस्था मिलाउने ।

प्रत्येक सदस्य बैंकले प्रधान कार्यालयमा र शाखाहरुमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकी उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आइडी बैंकको वेभसाइटमा प्रकाशित गर्ने ।

सदस्य बैंकले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरुको नाम, मोवाइल नं., इमेल आइडी आदि एसोसियसनको सचिवालयलाई उपलब्ध गराउने ।

एशोसियसनको माध्यमबाट पहल गरी समाधान गर्नु पर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष/उपाध्यक्ष/अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशिघ्र जानकारी गराउने ।

डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउने ।

डिजिटल बैंकिङ् प्रडक्टहरुबाट गरिने बैंकिङ् कारोवारका प्रकृयाहरु र अपनाउनु पर्ने साबधानीका बारेमा पनि ग्राहकहरुलाई उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट जानकारी गराउने ।

डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्ने । जोखिम न्यूनकरण गर्नका लागि सदस्य बैंकहरुले लागू गरेका उत्तम अभ्यासहरु उपलब्ध गराउन मिल्नेसम्मको सीमा भित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने ।

अन्य कुराहरुको हकमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा स्थानीय प्रशासन वा नेपाल सरकारको निर्णय र सम्बन्धित सदस्य बैंकको नीति नियमको परिधि भित्र रहेर कार्य गर्ने ।

ग्राहक महानुभावहरुलाई संभव भए सम्म डिजिटल बैंकिङ् प्रडक्टहरु प्रयोग गरिदिन र उक्त सेवा नलिनु भएको भए वा उक्त सेवामा कुनै समस्या आएमा सम्बन्धित बैंकको वेभसाइटमा उल्लेख गरिएका सम्पर्क व्यक्तिहरुलाई सम्पर्क गरि बैंकिङ् सेवा लिइ दिनु हुन यस एशोसिएसन अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS