IME Life

माथिल्लो तामाकोशीको निर्माण कार्य सकियो, आजदेखि सुरुङमा पानि खसालियो

SPIL
NIC ASIA

काठमाडौं । माथिल्लो तामाकोशीको सुरुङमा पानि खसालिएको छ । सुरुङमा पानि खसालेर विद्युत उत्पादनको परिक्षण हुनेछ । केहि दिनमै प्रधामन्त्री केपि शर्मा वलीले ४५६ मेगावाट क्षमताको आयोजना उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पुर्ण रुपमा स्वेदशी लगानीमा निर्माण गरिएको अपर तामाकोशीको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न भए सँगै आज सुरुङमा पानि खसालिएको हो । आर्थिक वर्ष २०६/६८ मा शुरु भएको यो आयोजनाको २०७१ साल चैतमै निर्माण कार्य सक्ने प्रारम्भिक प्रक्षेपण थियो । भुकम्प, नाकाबन्दी तथा ठेकेदारको कारणले गर्दा निर्माण कार्य पुर्व निर्धारित समय भन्दा ७ वर्ष ढिला लागेको छ ।

Prabhu
Crest


अपर तामाकोशीको लागत ब्याज पुँजीकरणसहित ७६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणमा ढिलाइ हुँदा ब्याज पूँजीकरण मात्रै २४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गएको वर्ष कम्पनीले आयोजनाको जम्मा लागत ४९ अर्ब २९ करोड रुपैयाँ लाग्ने भन्दै सार्वजनिक गरेको थियो । तर यस वर्ष थप तीन अर्ब रुपैयाँले बढेर लागत ५२ अर्ब २९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । जम्मा लागत र लागतको ब्याज पुँजीकरण सहित ७६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कम्पनीले निर्माण कार्य सम्पन्न गरे पछि मात्रै वार्षिक साधारणसभा डाक्ने योजना बनाएको छ । कम्पनीको निर्माण कार्यका समाचारले दोस्रो बजारलाई प्रभावित पारिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS