IME Life

नेरुडे लघुवित्तले कमायो १५ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २०८ दशमलव ८३ प्रतिशतले बढेको छ । यस त्रैमाससम्ममा संस्थाले १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा संस्थाको ४ करोड ९६ लाख ५२ हजार रुपैयाँमा नाफा कमाएको थियो ।

चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म संस्थाको सञ्चालन नाफा २४ करोड ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ । अघिल्लो बर्षको तुलनामा संस्थाको संचालन मुनाफा २०८ दशमलव ८३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिसम्म संस्थाले ७ करोड ८८ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

Prabhu
Crest

समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा संस्थाले २५ करोड ६२ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS