SKIP THIS

IK Anniversary
IME Life

अरुण काबेली पावरको नाफा ३४८% ले बढ्दा अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA

काठमाडौँ । अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय वित्तीय विवरण अनुसार अधिकांश सूचक सकरात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २० करोड ५७ लाख ६० हजार रूपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २० करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३४८ दशमलव १५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ५१ करोड ६९ लाख ३५ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४ दशमलव ८४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २२ करोड १ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०९ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि ११२ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS