IME Life

रिलायन्स फाइनान्सको साधारण सभा हुने स्थान परिवर्तन

SPIL
NIC ASIA

काठमाडौँ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा गर्ने स्थान परिवर्तन भएको छ । कम्पनीले यसअघि लैनचौर बैंक्वेट, लैनचौर, काठमाडौँमा गर्ने भनिएकोमा अब फाइनान्सको मुख्य कार्यालय प्रर्दशनीमार्गमा भिडियो कन्फ्रेन्स मार्फत् हुने जनाएको छ । बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको हुनाले यस्तो निर्णय गरेको कम्पनीले बताएको छ ।

फाइनान्सको एघारौँ वार्षिक साधारण सभा वैशाख २२, बुधबार हुनेछ । सभामा सञ्चालक समितिले यस भन्दा अगाडि घोषणा गरेको १० प्रतिशत बोनसको प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ । हाल संस्थाको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ छ । बोनस शेयर पारित भए सँगै संस्थाको चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

साधारणसभामा गत आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन पारितका लागि पेश गरिने भएको छ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग गाभ्ने गाभिने प्रयोजनका लागि  सञ्चालक समितिलाई पुर्ण अधिकार दिने विशेष प्रस्ताव पनि साधारणसभामा पेश भएको छ ।

साधारणसभा प्रयोजनका लागि बैशाख एक गते बुक क्लोज हुने छ । बैशाख ९ गतेसम्म कायम शेयरधनीले बोनस शेयर पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS