IME Life

कोरोनाको महामारीमा पनि बाणिज्य बैंकहरुको नाफा साढे ५० अर्ब रुपैयाँ, कसको कतिले बढ्यो ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । कोरोना महामारीको अवधिमा पनि बाणिज्य बैंकहरुले १२ दशमलब २१ प्रतिशतले नाफा बढाएका छन् । २७ बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५० अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा बैंकहरुले ४५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका थिए । सरकारले कोभिड १९ को रोकथाप तथा नियन्त्रणका बाबजुत पनि बैंकहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ ।

साउन पछाडि कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुले ९ महिनाको अवधिमा साढे ५० अर्ब रुपैयाँ नाफा गर्न सफल भएका छन् । बैंकहरुको मुनाफामा नेपाल राष्ट्र बैंकको पुनरकर्जाले पनि केहि साथ दिएको छ । कोभिड १९ बाट अति प्रभावित ऋणीको पुनरकर्जा तथा तथा व्याजमा सहुलियत प्रदान गर्दा वित्तीय विवरणमा अहिले नै असर भने देखिएको छैन । नेपाल राष्ट्र बैंकले पुनरतालिकिकरण लगायतका सुविधा प्रदान गर्दा बैंकहरुको वित्तीय विवरणमा खासै ठुलो असर देखिदैन ।

Prabhu
Crest

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सबैभन्दा धेरै नाफामा गर्नेमा नविल बैंक रहेको छ । नविल बैंकले यस पटक राष्ट्रिय बाणिज्य बैंकलाई पनि मुनाफामा उछिनेको छ । नविल बैंकले यस त्रैमासमा १६ प्रतिशतले मुनाफा बढाएको छ । नविल बैंक एक्लैले तीन अर्ब ६७ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । जनतालाई मर्ज गरे सँगै ग्लोबल आइएमई नाफामा दोस्रो नम्बरमा आउन सफल भएको छ । बैंकले तीन अर्ब ५७ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

तेस्रो नम्बरमा रहेको राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । चौथो नम्बरमा रहेको एनआईसी एशिया बैंकले तीन अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । यस त्रैमासमा बैंकको नाफा २० प्रतिशतले बढेको छ ।

पाँचौ नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ८४ करोड रुपैयाँ छ । पछिल्लो समय केहि बैंकहरुले अन्य विकास बैंकलाई मर्ज गरेर आफ्नो वित्तीय विवरण तथा नाफा सुधार गर्न सफल भएका छन् । विकास बैंक मर्ज गरेर प्राइम छैठौ नम्बरमा रहेको छ भने एनएमबी बैंक सातौ नम्बरमा रहेको छ ।

हरेक वर्ष सधै पुच्छारमा रहने सिभिल बैंकले यस त्रैमासमा केहि सुधार गरेको छ । सिभिल बैंकले ३९ प्रतिशतलते नाफा बढाउन सफल भएको छ । यस पटक अन्तिममा सेञ्चुरी कमर्सियल बैंक रहेको छ । सेञ्चुरी बैंकको ६० प्रतिशतले घटेको छ ।

यस त्रैमासिक अवधिमा ६ वटा बाणिज्य बैंकको नाफा घटेको छ । यस अवधिमा एभरेष्ट बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनसिसि बैंक, नेपाल एसबिआई बैंक र सेञ्चुरी बैंकको मुनाफा घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS