IME Life

नेपाल लाइफको बाल शिक्षा सावधिक जीवन बीमा योजना : छोरा छोरीको बीमा गर्दा आमा बुबाको पनि बीमा हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफले आफ्ना प्रिय सन्ततिहरूको सुनिश्चित भविष्य तथा उचित शिक्षा दीक्षा र सामाजिक कार्यका लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने गरि ल्याएको बाल शिक्षा सावधिक जीवन बीमा योजनामा अभिभावको समेत एकै पटक बीमा हुन्छ । यस बीमा पोलिसी खरिद गर्दा अभिभावकले  बीमा गरेको एक वर्ष पछि ऋण सुविधा प्राप्त गर्न सक्छन् । नेपाल लाइफले अभिभावक र बावबालिका दुबैको हित हुने गरि ल्याएको यो बीमा योजना बच्चा जन्मेदेखि नै खरिद सकिन्छ । यो योजना अन्तर्गत अधिकतम १८ वर्षसम्मका छोरो छोरीको बीमा गर्न सकिन्छ ।

प्रस्तावकको उमेर भने २० वर्षदेखि ६५ वर्षसम्मको हुनु पर्छ । अभिभावकले आफ्ना छोराछोरीको बीमा गर्दा ५ वर्षदेखि ३० वर्ष अवधिसम्मको प्राप्त गर्न सक्ने भएकाले न्युन आय भएका परिवारले पनि न्युन शुल्कमा खरिद गर्न सक्छन् ।

Prabhu
Crest

यो बीमा योजना बीमित बालबालिकाको उमेर अधिकतम ३० वर्ष र प्रस्तावकको उमेर ७० वर्ष ननाघ्ने गरि तय गरिएको छ । बीमित अभिभावकले वार्षिक, अर्ध वार्षिक, त्रैमासिक र मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सक्छन् ।

अभिभावकले आफ्ना बालबालिकाको न्युनतम ५ हजार रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्मको बीमा गर्न सक्ने छन् । तर अभिभावकको हकमा भने एक करोड रुपैयाँम्म बीमा गर्न सकिनेछ । साथै अभिभावकको बीमाङ्क बरारबरकै बीमा गर्न सकिने छ ।

जोखिम बहन शुल्कको हकमा बच्चाको बीमाङ्कमा १ रुपैयाँ प्रतिहजार लाग्ने छ । साथै ५ लाख एक हजार रुपैयाँदेखि १० लाख रुपैयाँको बीमा गर्दा एक प्रतिशत छुट हुनेछ भने १० लाख रुपैंयाँ भन्दा माथिको बीमा गर्दा दुई प्रतिशत छुट हुने छ ।

बीमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भई वार्षिक ३ किस्ता बीमाशुल्क समेत प्राप्त भएको अवस्थामा मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ । समर्पण मूल्य प्राप्त भएको बीमामा ऋण प्राप्त हुनेछ ।

 

बीमा अवधि समाप्तिसम्म प्रस्तावक जीवित भएमा प्रस्तावकको बीमाङ्क र आर्जित बोनस रकम बीमा अवधि समाप्तिमा प्रस्तावकलाई एकमुष्ठ भुक्तानी दिइनेछ । बीमा अवधि भित्र प्रस्तावक (बीमित) को मृत्यु भएमा उक्त अवधि सम्मको आर्जित बोनस रकम भुक्तानी हुने र त्यस पछि भुक्तान गर्नुपर्ने बीमाशुल्क छुट हुने व्यवस्था छ ।

प्रस्तावकका मृत्यु पश्चात बीमा अवधि समाप्तीसम्म प्रत्येक वर्षको अन्त्यमा प्रस्तावकका बीमाङ्कको १० प्रतिशत बराबरको रकम वीमित (कटाके टी) लाईे प्रदान गरिन्छ । बीमा अवधि समाप्तीमा वार्षिक १० प्रतिशतका दरले भुक्तानी दिइन्छ ।

बीमा अवधि समाप्तीसम्म बीमाङ्क रकमको १० प्रतिशतका दरले भुक्तान गर्दा बीमाङ्क रकम भन्दा कम हुन गएमा वाँकी रहको रकम समेत बीमा अवधिको अन्त्यमा भुक्तान गरिन्छ ।

जोखिम प्रारम्भ भए पश्चात बच्चाको मृत्यु भएमा वच्चाको बीमाङ्क बराबर रकम इच्छाइएको व्यक्तिलाई भुक्तानी हुने तथा बीमा चालु रहिरहने ( प्रस्तावकले नियमित बीमाशुल्क भुक्तान गर्नु पर्ने) र बीमा अवधि समाप्ति मा प्रस्तावकलाई प्रस्तावकको बीमाङ्क र आर्जित बोनस रकम भुक्तानी दिइनेछ । प्रस्तावकको मृत्यु भई वा नभई बीमा अवधि समाप्तिमा बच्चा जिवितैरहेमा वच्चाको बीमाङ्क बापतको कुनै रकम उपलब्ध हुँदैन ।

यो योजनामा प्रतिहजार बीमाङ्कमा १ रुपैयाँ प्रतिहजार अतिरिक्त बीमा शुल्क तिरेकोले बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर ५ (पाँच) वर्ष पूरा भए पछि को बीमालेखको वार्षिकोत्सव (जुन अगाडी आउँछ) देखि जोखिम बहन हुन्छ ।

यस बीमा पोलिसीले एकै बीमालेखमा बच्चा तथा प्रस्तावक (बाबु वा आमा) दुई जनाको जीवन बीमा हुन्छ । बीमा समाप्तीमा प्राप्त रकम आफ्नो छोरा छोरीको उच्च शिक्षा तथा सामाजिक कार्यमा प्रयोग गर्न सकिन्छ । बीमा अवधिमा प्रस्तावक (बुबा वा आमा) कदंकदाचित मृत्यु भएमा छोरा छोरीको शिक्षाको लागि वार्षिक रकम प्राप्त हुने हुँदा बच्चाको पालन तथा शिक्षाको सुनिश्चितता हुन्छ । बीमा चालु भएको एक वर्ष पश्चात ऋण सुविधा उपलब्ध हुने हुँदा सदैव तरलताको सुविधा हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS