IME Life

विशाल बजारको प्रतिशेयर आम्दानी २५० रुपैयाँ, लाभांस वितरण नहुँदा जगेडा कोषमा ७९ करोड २६ लाख

SPIL
NIC ASIA

काठमाडौं । विशाल बजारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७६ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २५० रुपैयाँ रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ६ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कोभिड १९ को महामारीको अवधिमा पनि विशाल बजारको मुनाफामा खासै असर परेको देखिदैन । विशाल बजारले सटर भाडामा लगाएर ९ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ९ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । विशाल बजारले सटर भाडाका साथै विजुलीको महशुल पनि सँगै लिने गरेको छ ।

Prabhu
Crest

५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको विशाल बजारको जगेडा कोषमा ७९ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ । संस्थापक शेयरधनी समुह मध्ये व्यक्तिगत लगानीकोर्ताको ३.३ प्रतिशत, संस्थागत ३० प्रतिशत रहेको छ । त्यस्तै सर्वसाधारण समुह मध्ये संस्थागत ४० प्रतिशत र व्यक्तिगत ३० प्रतिशत शेयर हिस्सा रहेको छ ।

दोस्रो बजारमा सूचिकृत विशाल बजारले कहिले पनि सर्वसाधारणहरुका लागि तथ्याङ्क उपलब्ध गराउने गरेको छैन । नेपाल स्टक एक्सचेन्जले यस भन्दा अगाडिका वित्तीय विवरण उपलब्ध नगराएको भन्दै कारोबार नै रोक्का गरे पछि भने आफ्ना वित्तीय विवरणहरु सार्वजनिक गरेको हो । दोस्रो बजारमा हाल विशाल बजारको शेयर मूल्य २८८० रुपैयाँ छ ।

विशाल बजार

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS