IME Life

साप्ताहिक बीमा समीक्षाः यस साता जीवन तथा निर्जीवन बीमा क्षेत्रमा के के गतिविधि भए ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । यो साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यस साता जीवन बीमा व्यवसायको लागि निकै महत्वपूर्ण रह्यो । बीमा समितिले अभिकर्तालाई कर्जा प्रवाहमा रोक लगायो । समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै तत्काल अभिकर्ताहरुलाई कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ । आज शुक्रबार मात्रै समितिले कम्पनीहरुलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । समितिले बीमालेख धितोमा राखेर प्रवाह हुने कर्जा र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रवाह हुने कर्जा बाहेक अरु कसैलाई पनि कर्जा तथा सापटी नदिन निर्देशन दिएको छ ।

त्यस्तै, यस साता नै मेट लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी अनलाइन बाटै गर्ने व्यवस्था मिलाएको छ । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन मार्फत नै दाबी गर्न पाउने सेवाको शुरुवात गरेको हो ।

Prabhu
Crest

यसै साता इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालय भूपिसडक–१ नारायणचौर नक्साल, काठमाडौं भीम प्लाजामा इन्स्च्यिूटका अध्यक्ष राजु रमण पौडेलको सभापतित्वमा वेविनार मार्फत सम्पन्न भएको हो ।

त्यस्तै, यस साता नै सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको साधारण सेयरले ‘ट्रीपल बी माइनस’ रेटिङ पाएको छ। कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ भने नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बीमा संस्थानको ८ औ केन्द्रिय अधिवेशनले रविन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन गरेको लगायतका समाचारले जीवन बीमा क्षेत्रमा प्रथाकिता पाए ।

त्यसैगरी निर्जीवन बीमा क्षेत्रमा हेर्ने हो भने यस साता सगरमाथा इन्स्योरेन्स कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना ल्याएको छ । यस बीमा पोलिसीमा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एकदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिम एकै पटकमा बहन हुने छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले यसै साता नै अटो प्लस बीमा योजना ल्यायो । मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने योजना हो । यस साता आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार १७५ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी यसै साता राष्ट्रिय बीमा कम्पनीको संचालक पदमा नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट प्रेम उपाध्याय मनोनय भएका छन् भने आज शुक्रबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको लगायतका समाचारले स्थान पाए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS