IME Life

युवा सफ्टवेयर इन्जिनियरहरुले ल्याए बैंक वित्तीय संस्थालाई उपयोगी हुने ‘कस्टुमर रिलेशनसिप म्यानेजमेन्ट सफ्टवेयर’

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । युवा सफ्टवेयर इन्जिनियरहरुको सहभागितामा स्थापित कम्पनी नियो डिजिटल प्रा.लि. ले मार्केटिङमा सहयोग हुने गरी कस्टुमर रिलेशनसिप म्यानेजमेन्ट सफ्टवेयर संचालनमा ल्याएको छ । लाइट इसिआरएम नामको उक्त सफ्टवेयरको प्रारम्भ टुर्स एण्ड ट्राभल एजेन्सी “यात्रा होलिडे प्रा.लि.” बाट गरिएको छ । काठमाण्डौमा एक समारोह विच यात्रा होलिडे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत पदम कट्टेल र नियो डिजिटल  प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सन्देश सत्यालले सम्झौतामा हस्ताक्षर गरेर प्रारम्भ गरिएका हुन् ।

यो सफ्टवेयर बैक, वित्तिय संस्था, बीमा कम्पनी, होटल, ट्राभल एजेन्सी, ब्रोकर कम्पनी,  क्यापिटल मार्केट, होलसेलर, मिडिया कम्पनी सबैलाई उपयोगी हुने गरी बनाइएको छ । व्यक्तिगत वा संस्थागत कस्टुमर म्यानेजमेन्ट, मार्केटिङ कम्पनी म्यानेजमेन्ट, इन्क्वाइरी र सेटलमेन्ट म्यानेजमेन्ट, प्रोडक्ट र व्यवसाय डिल मानेजमेन्ट, सेल्स र मार्केटिङ विश्लेषण लगायत विक्रि प्रबर्द्धन सम्बन्धि कार्य यो सफ्टवेयरबाट  गर्न सकिन्छ ।

Prabhu
Crest

नियो डिजिटल कै सफ्टवेयर इन्जिनियर रितेश भट्टराईले केही समय अघि अनलाईन सपिङ सम्बन्धी सफ्टवेयर बजारमा ल्याइसकेका छन । सजिलो मेडसले यो सफ्टवेयर सफलता पूर्वक संचालन गरिरहेको छ । यही कम्पनीको प्रयासमा निर्माण भएको जब पोर्टल सफ्टवेयर हायर मि नेपालले  संचालन गरिरहेको छ । देशमा मात्र नभई नियो डिजिटलले बनाएको सफ्टवेयर विदेशमा पनि प्रयोगमा आइरहेको छ । कम्पनीले ठुला उद्योग व्यवसायको लागि भनेर  दुई वर्ष लगाएर बनाएको प्रोडक्सन म्यानेजमेन्ट सम्बन्धि सफ्टवेयर “कन्ट्रोल प्लस” स्लोभेनिया लगायत केही यूरोपियन देशमा र कोभिडको लागि बनाइएको टेम्प्रेचर ट्रेकर सफ्टवेयर अमेरिकी कम्पनीले प्रयोग गरिरहेको छ ।

नेपालको सन्दर्भमा बीमा कम्पनीहरुको अभिकर्ताहरुले सजिलै चलाउन सक्ने सिआरएम सफ्टवेयर र मोवाईल एप्लिकेशन छिट्टै लन्च गर्ने तैयारीमा रहेको छ । त्यसै गरी युवा समूदायलाई  लक्ष गरी बनाइएको मोबाइल गेम ” ब्रामो” पनि परिक्षण अवधिमा रहेकोले छिट्टै संचालनमा ल्याउने गरी काम भइरहकोछ । यस्को नेतृत्व कम्पनीका संचालक तथा सफ्टवेयर  इन्जिनियर रितेश भट्टराईले गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS