IME Life

तेस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको नाफा १३% ले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

त्यस्तै, यस अवधिमा लघुवित्तले १८ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिका तुलनामा संस्थाको खुद ब्याज आम्दानी ३४ प्रतिशतले बढी हो । सञ्चालन मुनाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको सापटी ५७ प्रतिशत बढेको छ भने कर्जा लगानी ४८ प्रतिशत बढेको छ । यस अवधिमा संस्थाको प्रति शेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय २६ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS