IME Life

रु रु जलविद्युतको आइपिओ बाँडफाँड, ३७ हजार ९१६ ले मात्रै पाए शेयर

SPIL
NIC ASIA

काठमाडौं । रु रु जलविद्युत परियोजनाले शुक्रवार प्राथमिक शेयरको बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको प्राथमिक शेयर ३७ हजार ९१६ जनाले मात्रै १० कित्ताका दरले  प्राप्त गरेका छन् । कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो ।

प्राथमिक शेयरमा १६ लाख ८३ हजारले आवदेन दिएकोमा ८३ हजार ६९० जनाको आवेदन रद्ध भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । १२ वटा म्युचुअल फण्डले २० हजार ३८५ कित्ता शेयर प्राप्त गरेका छन् त्यस्तै परियोजनाका २६ जना कर्मचारीहरुले ८ हजार १५४ कित्ता शेयर प्राप्त गरेका छन् ।

Prabhu
Crest

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको संस्थापक शेयर पूँजी ८० प्रतिशत र सर्वसाधारण तर्फको २० प्रतिशत कायम भएको छ । कम्पनीले २० रुपैयाँ प्रिमियम सहित सर्वसाधारणका लागि प्रति कित्ता १२० रुपैयाँको दरले शेयर जारी गरेको हो ।

प्राथमिक शेयरमा रितपुर्वक आवेदन दिने मध्ये १५ लाख ५२ हजार ९८० जनाको हात खाली भएको छ । कर्मचारी म्युचुअल फण्ड र सर्वसाधारणका लागि जम्मा ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरिएको थियो ।

प्रति कित्ता २० रुपैयाँ प्रिमियममा शेयर जारी गरिएकोले कम्पनीको जगेडा कोषमा प्रिमियम बापतको रकम ८१ लाख ५४ हजार १२० रुपैयाँ जम्मा भएको छ । प्राथमिक शेयरको नतिजा मेरो शेयरको वेवसाइट, एनएमबी क्यापिटलको वेवसाइट र कम्पनीको वेवसाइटबाट हेर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS