IME Life

नेप्से २० अंकले बढ्दा साढे ८ अर्बमाथिको कारोबार, एनआईसी एशिया लघुवित्तको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २७३५ दशमलव ४६ अंकको विन्दुमा कायम भएको छ । आज टे«डिङ र हाईड्रोपावर बाहेक अन्य क्षेत्रहरुको उपसूचकमा हरीयाली छाएको छ ।

आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड रुपैयाँको शेयर करोबार भएको छ।

Prabhu
Crest

आज सबैभन्दा धेरै एनआईसी एशिया लघुवित्तकोे शेयर कारोबार भएको छ। आज लघुवित्तकोे ४९ करोड ८९ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्राको ४९ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, वेष्ट फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले ३ दशमलव ६७ प्रतिशतका दरले गुमाएक छन् भने नेशनल फाइनान्स लगानीकर्ताले ३ दशमलव ५२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS